अनमोलको २० लाख पारिश्रमिक कम भयो, नम्रताको अभिनयले सिरिङ्ग बनाउँछः आयुष्मान देशराज


चलचित्र ‘चपली हाइट २’बाट चलचित्र क्षेत्रमा प्रवेश गर्न लागेका कलाकार हुन्, आयुष्मान देशराज जोशी । चलचित्र क्षेत्र पनि बनोस्, आफू पनि अगाडि बढुँ भन्ने सोच छ उनको । उनै आयुष्मानले अनलाइनखबरसँग गरेको रमाइलो कुराकानीः

‘चपली हाइट २’ डबिङमा हेरेपछि कमजोरी के लाग्यो ?
कतिपय ठाउमा राम्रो गर्न सक्छु भन्ने पनि लाग्यो । मलाई हरेक काम पर्फ]{ट हुनुपर्छ, यो मेरो कमजोरी हो । मैले सुटिङको समयमा चलचित्र डविङ गर्न पर्छ भन्ने नै विर्सिएछु । मैले दृश्यमा स्पष्ट गरेर बोलेको भए अझ सजिलो हुने थियो कि भन्ने लाग्यो । चर्को स्वरले कराउँदा छायांकनको समयमा त आवाज आयो, तर डविङमा निकाल्नै गाह्रै ।

धेरै डेब्यू कलाकारहरु केहि कमजोरी भए आफू नयाँ हुँ, माफी दिनुहोस् भन्छन् नि, के यो आवश्यक छ ?
हामी पनि मान्छे हौं, जति दिमाग चलाएपनि कही न कही गल्ती हुन्छ । जस्तो हुनुपर्ने हो त्यस्तो नहुन सक्छ । नगर्न सकेको बेलामा माफ दिनु भन्न खोजेको होला । यो स्वभाविक नै हो भन्ने लाग्छ ।

‘चपली हाइट २’बाट कस्तो इमेज बनोस् भन्ने चाहुनुहुन्छ ?
मलाई त्यस्तो केहि पनि सोच छैन । यो त्यो बनोस् भन्ने छैन । म यो नगरिमा अभिनय गर्न नै छिरेको हो । एउटै मान्छेले एउटै क्यारेक्टर निर्वाहा गर्न जरुरी छैन ।

मलाई फरक-फरक भूमिका गर्न सक्ने कलाकार भनेर दर्शकले चिनुन् भन्ने लाग्छ । चलचित्रमा अभिनय पनि मेरो एउटा पेशा हो । मलाई टाइटल आवश्यक छैन । अभिनय राम्रो छ भन्नु भयो भने खुशी हुन्छु ।

प्रकाशित: समय: 11:46:03  232पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार