१७ खर्ब ९३ अर्बको बजेट पेश

काठमाडौँ । सरकारले कूल १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा ठूलो हुने गरी प्रस्तुत गरेका हुन् । अर्थमन्त्री शर्माका अनुसार बजेटमा चालुतर्फ कूल सात खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पूँजीगततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१.२ प्रतिशत र वित्...

आचारसंहिता उल्लंघन गर्नेमाथि निर्वाचन कसुर कानुन बमोजिम कारबाही हुने प्रमुख आयुक्तको चेतावनी

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जोकोहीलाई पनि कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । शुक्रबार निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने काम क्षम्य नहुने उल्लेख गर्दै उनीहरुमाथि निर्वाचन कसुर कानुन बमोजिम कारबाही हुने चेतावनी दिएका हुन् । निर्वाचन आचारसंहिता उल्...

थाहा नगरमा २७ औं जनयुद्ध दिवसको अवसरमा दिपप्रज्वलन

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा २७ औं जनयुद्ध दिवसको अवसरमा आज साँझ दीप प्रज्वलन गरिएको छ । नेकपा माओवादी केन्द्र निकट वाइसीएल नेपाल थाहा नगर कमिटीको आयोजनामा २७ औं जनयुद्ध दिवसको अवसरमा थाहा नगरपालिकाको विभिन्न स्थानमा दीप प्रज्वलन गरिएको हो । थाहा नगरको विभिन्न स्थान चित्लाङ , बज्रबाराही , शिखरकोट , दामन , डाँडाबास लगायतका क्षेत्रमा दीप प्रज्वलन गरिएको वाइसीएल थाहा नगर अनुशासन विभाग...

मकवानपुरमा ११० किलो अबैध लागु औषध गाँजा सहित एकजना पक्राउ

मकवानपुर । मकवानपुरमा ११० किलो अबैध लागु औषध गाँजा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका वडा नम्बर ५ बस्ने ३६ वर्षीय रामकुमार प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । सोमबार राती १०:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलिले राक्सिराङ गाउँपालिका वडा नम्बर ५ कच्ची सडक खण्डमा शं...

मकवानपुरमा रुखबाट लडेर एक युवतीको मृत्यु

मकवानपुर । मकवानपुरमा रुखबाट लडेर एकजना युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ स्थित अदुवा खर्ककी २२ वर्षीय प्रमिला योञ्जन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । योञ्जनको बिहिवार साँझ घर नजिकै जंगलमा घाँस काट्न जाँदा रुखबाट खसेर घटना स्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रिमालले बताए । घटनाको आवश्यक अनु...

आगामी निर्वाचनमा एमालेबाहेक कसैले बहुमत ल्याउन सक्दैनः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशले फेरि नेकपा एमालेको दिग्विजय चाहेको बताएका छन् । बुधबार पार्टीको वाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको विजय नभए देशमा केही नहुने भएकाले देश र जनताले एमालेको विजय चाहेको बताएका हुन् । उनले अरु दलसँग केही दृष्टिकोण नभएकाले एमालेको विजय सुनिश्चित भएको बताए । उनले आगामी निर्वाचनमा एमालेबाहेक कसैले बहुम...

मकवानपुरको भोर्लेनी खोलामा एक युवती मृत फेला

मकवानपुर । मकवानपुरको भोर्लेनी खोलामा एक युवती मृत फेला परेकी छन् । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ५ स्थित भोर्लेनी खोलामा स्थानीय २२ वर्षीया भगवती भोलोन मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । खोला तर्ने क्रममा भोलोनलाई बगाउँदा मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रबक्ता रिमालले बताए । घटनाको थप अनुस...

मकवानपुरको हेटौंडामा वृक्षरोपण कार्यक्रम तथा मास्क वितरण

मकवानपुर । नेपाल प्रहरीको ६६ औं प्रहरी दिवस २०७८ को अवसरमा मकवानपुरको हेटौंडामा वृक्षरोपण कार्यक्रम तथा मास्क वितरण गरिएको छ । ६६ औं प्रहरी दिवस २०७८ को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त आयोजनामा हेटौंडाको विभिन्न स्थानमा वृक्षरोपण कार्यक्रम तथा मास्क वितरण गरिएको हो l हेटौंडा १० बुद्धचोक र हेटौंडा ११ थाना भर्र्याङ्मा समुदाय प्रहरी साझेदारी...

थाहानगर ७ मा अखिल नेपाल महिला संघ क्रान्तिकारी वडा भेला सम्पन्न

मकवानपुर । रामचन्द्र मोक्तान : मकवानपुरको थाहानगरपालिका वडा नम्बर ७ मा अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) वडा भेला सम्पन्न भएको छ । चित्र कुमारी मोक्तानको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी भेला सम्पन्न भएको वाइसीएल बागमती प्रदेश कमिटी सदस्य दिपक लामाले जानकारी दिए । २९ सदस्यीय रहने गरि वडा कमिटी भेला सर्वसम्मत चयन भएको हो ।...

मनहरीको हाँडिखोलामा ढुङ्गे धारा निर्माण

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ हाँडिखोलामा ढुङ्गे धारा निर्माण गरिएको छ । प्राचीन कालदेखि संचालनमा रहेकोे पँधेरोलाई ढुङ्गे धाराको रुपमा निर्माण गरिएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए । स्थानीय बासीले धेरै समय पहिला देखी प्रयोग गर्दै आएको पँधेरोलाई ढुङ्गे धाराको रूपमा निर्माण गरिएको र धारा निर्माणका लागि मनहरी गाउँपालिकाको ५ लाख लगानीमा धारा निर्माण ...