कारागारबाट छुटाइदिने लोभ देखाई बलात्कार

सप्तरी, १८ मङ्सिर  कारागारबाट छुटाउन पहल गर्छु भन्दै एक बन्दीकी श्रीमतीसँग लाखौँ रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी राष्ट्रिय जनता पार्टीका एक नेता पक्राउ परेका छन् । राजपा नेपाल जिल्ला कोषाध्यक्ष रहेका छिन्नमस्ता–५ लोखरमका मनोजकुमार मेहतालाई सो आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक भावे...

शारीरिक सुगठन प्रतियोगिताको उपाधि पथरीशनिश्चरेका संजिवलाई

करन धिताल पथरी मंसिर १८, मंगलबार पाचौं मोरङ जिल्ला स्तरीय शारीरिक सुगठन प्रतियोगिताको उपाधि पथरीशनिश्चरेका संजिव मगरले जितेका छ्न । उपाधि जितेको अवसरमा पथरी फिटनेश क्लबले बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ । पथरीशनिश्चरे १ मा स्थापित सिन भिलेज पार्टी प्यालेसमा सोमबार सो कार्यक्रमको आयोजना गरिएको थियो । शारीरिक सुगठन तथा फिटनेश संघ मोरङले शनिबार विराटनगरमा गरेको प्रतिस्पर्धामा पथरीश...

कमाएको रकमले गाउँ विकास र विपन्नका छोराछोरी पढाउदैं सुन्दर

काठमाडौं । न उनी चुनाबका उम्मेद्वार , न कालो धन लुकाउने चेष्टा । गाउँको स्तरोउन्नतीमा अरुको ध्यान नपुगेपछि मोरङ राजघाटका—७ हाल उर्लाबारी ९ का सुन्दर श्रेष्ठले आफ्नो नीजि खर्चमा समाजसेवा मार्फत गाउँ विकास गरिरहेका छन् । कैले सडक बत्ति त जडान त कैले विद्यालयमा विविध सहयोग । त्यतिमात्र होईन्, खेलकुद तथा बाटोघाटो निर्माणमा पनि उनको सहयोग उच्च छ । चुनाब आएपछि यो गर्छु र त्यो गर्छु भन्ने नेताहरुको ला...

सुनको मूल्य रु ६०० ले वृद्धि

काठमाडौँ, १८ मङ्सिर  नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ५७ हजार ४०० मा कारोवार भइरहेको छापावाल सुन आज रु ६०० ले बढेर प्रतितोला रु ५८ हजार ३०० मा कारोवार भएको छ । अमेरिकी डलरको तुलनामा भारु कमजोर भएका कारणले आन्तरिक बजारमा पहेँलो धातुको मूल्य बढेको महासङ्घले जनाएको छ । आइतबार प्रतितोला रु ५७ हजार १०० मा कारोवार भएको तेजावी सुन आज ...

विवाहपञ्चमीको रौनक

जनकपुरधाम, १८ मङ्सिर यही मङ्सिर २६ गते आयोजना हुने विवाह महोत्सवका लागि उत्साहपूर्वक संपूर्ण तयारी भइसकेका छन्। महोत्सवमा यस पटक भारतको अयोध्याबाट आउने भगवान् रामको प्रतीक स्वरूप आउने जन्तीमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको समेत सहभागिता रहने चर्चा छ । प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका र जानकी मन्दिरका महन्तको पहलमा जानकी मन्दिर परिसरदेखि बाह्रबिघा ( रङ्गशाला) सम्म सिङ्गारि...

राष्ट्रिय खतरा आमन्त्रण गर्दै ओली सरकार

ओली सरकार मुलुकको परराष्ट्र नीतिमा घातक खेलबाड गरिरहेको छ ? कतै उनका आसपासका व्यक्ति उनी मार्फत राष्ट्रिय खतरा आमन्त्रण त गरिरहेका छैनन् ? भारतका प्रधानमंत्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको अवधिमा दुई नम्बर प्रदेशका मूख्य मंत्री मोहम्मद लालबाबु राउतले राष्ट्रिय सम्मान, कूटनीतिक मर्यादा, परम्परा र संस्कृति विपरितको भाषण मोदी समक्ष गरे I त्यतिखेर नेपालका रक्षामंत्री पनि त्यहीं उपस्थित थिए I ...

मेक्सिको र केन्यालाई पछि पार्दै श्रृंखला, फाइनलमा प्रवेश

काठमाडौं । मिस वल्र्ड २०१८ मा नेपालकी चेली श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड हात पारेकी छन् । २३ वर्षीया खतिवडाले मिस वल्र्डमा मेक्सिको र केन्याकी प्रतिस्पर्धीलाई पछि पार्दै मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन् । यो सँगै खतिवडा मिस वल्र्ड २०१८ को फाइनलमा पुगेकी छन् । चीनको सान्या सहरमा मिस वल्र्ड २०१८ को लागि १ सय २१ देशका सुन्दरी प्रतिस्पर्धामा थिए । सुरुवातमै आफ्नो दाबेदारी...

कालीगण्डकी प्रसारण करिडोरको सवस्टेसन निर्माण कार्य सुरु

पर्वत । पर्वत, म्याग्दी र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी प्रसारण करिडोर आयोजनाको काम सुरु भएको छ । आयोजनाकोे २२० केभी क्षमताको पर्वतको खुर्कोटदेखि म्याग्दीको दानाखण्डको काम शनिबारदेखि सुरु भएको हो । आयोजनाको पर्वतको खुर्कोटस्थित २२०/१३२/३३ केभी सवस्टेसनको निर्माण कार्य औपचारिक रुपमा सुरु भएको आयोजनाले जनाए...

दशैंमा काठमाडौं छाड्ने ७ लाख यात्रुलाई सीट छैन

काठमाडौं । दशैंमा काठमाडौंबाट बाहिरिनका लागि झण्डै ६ देखि ७ लाख यात्रुले सवारी चढ्दा सीट नपाउने स्थिति बनेपछि सरकारले त्यसको विकल्प खोज्ने भएको छ । अहिले भएका सार्वजनिक सवारीले सहज रुपमा सबै यात्रु बोक्न नसक्ने देखिएपछि सरकारले निजी विद्यालयका सवारीलाई पनि चलाउने तयारी गरेको हो । यातायात व्यवस्था विभागले सार्वजनिक भाडाका सवारीले सबै यात्रुलाई राजधानीबाट घर लैजान नसक्ने निश्कर्ष निकाल्दै प्या...

साउदीको भिसा शुल्कमा भारी वृद्धि, विदामा आउने नेपाली कामदार पनि प्रभावित हुने

काठमाडौं । साउदी अरबले आफ्नो भिसासहित अध्यागमन सम्बद्ध शुल्कमा भारी वृद्धि गरेको छ । तेलको मूल्य आएको गिरावटले राजश्व प्रभावित भएपछि साउदी सरकारले भिसा शुल्क बढाएको हो । र, यो भोलि आइतबारदेखि नै लागू हुने अरबन्युजले जनाएको छ । नयाँ शूल्क अनुसार यसअघि २५ रियालमा पाइने भिजिट भिसाका लागि अब २ हजार रियाल तिर्नुपर्ने भएको छ । यस्तै ५ सय रियालमा पाइने ६ महिनाको मल्टिपल भिसा अब ३ हजार रियाल तिरेपछि मा...