दार्चुला । दार्चुलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको हो । गएराति आएको पहिरोका कारण नौगाड गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका वडा नम्बर १ सल्लाका ३७ वर्षीया जानकी ठगुन्ना १३ वर्षीया धनुली ठगुन्ना र वडा नम्बर २ का मोहनराम पार्कीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख जगत गाहामगरले ज...
समाचार
संसदको कार्यकाल लम्ब्याउने निर्णयबाट सरकार पछि हट्यो
काठमाडौं । संसदको कार्यकाल मंसिर ४ गतेसम्म लम्ब्याउने निर्णयबाट सरकार पछि हटेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले विधेयक फिर्ता गर्ने बताएका हुन् । केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि प्रतिनिधिसभामा भएको दफावार छलफलमा उठेका प्रश्नको जवाफका क्रममा मन्त्री कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवा समेत कार्यकाल लम्ब्याउन नहुने...
डान्सिङ स्टार नुवाकोट र दोहोरी च्याम्पियन असोजमा हुने
नुवाकोट । डान्सिङ स्टार नुवाकोट र दोहोरी च्याम्पियन नुवाकोट २०७९, राष्ट्रिय संगितकर्मी संघ जिल्ला कार्यसमिति नुवाकोटले असोजमा गर्ने भएको छ । नुवाकोट जिल्ला भित्रका नयाँ प्रतिभाहरुको खोजी र सम्मान गर्ने हेतुले प्रतियोगिता सम्पन्न गर्न लागिएको आयोजकले जनाएको छ। दोहोरी च्याम्पियन प्रथम हुने टिमलाई ५० हजार नगद , ट्रफी , प्रमाणपत्र , द्वितीय हुनेलाई २५ हजार नगद प्रमाणपत्र ट्रफी , तृतीय हुनेलाई १५ हज...
राष्ट्रिय संगीतकर्मी संघ ककनीको दोस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा रोजी लामा
ककनी । राष्ट्रिय संगीतकर्मी संघ ककनी गाउँपालिका कार्यसमिति नुवाकोटको दोस्रो अधिवेशन सम्पन्न भएको छ । जिल्ला कार्यसमिति नुवाकोटले भाद्र महिना भित्र नुवाकोटका सबै स्थानीय तहमा संघको अधिवेशन सम्पन्न गर्ने लक्ष्य र पालिकाहरुलाई अधिवेशन गर्न निर्देशन दिएसँगै ककनी गाउँपालिका कार्यसमितिले शनिबार रानीपौवा बजार ककनीमा दोस्रो अधिवेशन सम्पन्न गरेको हो । उक्त अधिवेशनबाट १३ सदस्यीय कार्यसमिति चयन भएको छ ...
प्रधानमन्त्रीद्वारा विश्वकप क्रिकेटको ट्रफी अवलोकन
काठमाडौं, भदौ १५ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वकप क्रिकेटको ट्रफी अवलोकन गर्नुभएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले ट्रफी अवलोकन गर्नुभएको हो। बुधबार यसअघि ट्रफी भक्तपुर दरबार स्क्वायरमा प्रदर्शनीमा राखिएको थियो। टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी सोमबार नेपाल आइपुगेको हो । ट्रफी नेपालमा दोस्रो पटक ल्याइएको हो। यसअघि २०१८ मा एक दिवसीय विश्वकपको ट्र...
महाकवि देवकोटाको दृष्टिकोण : शिक्षाले पूर्ण मानव बनाउनुपर्छ
डा.बलराम तिमल्सिना महाकवि लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्व यति फराकिलो र बहिङ्गम थियो कि हामी जस्तो सामान्य मान्छेले व्याख्या विश्लेषण गर्न सम्भव नै छैन । महाकविका बारेमा लेखिएका दर्जनाैँ पुस्तकहरूले पनि उहाँको पूर्ण व्यक्तित्वको उजागर गर्न सकेको जस्तो लाग्दैन । खास गरी अहिलेसम्म महाकवि देवकोटाको साहित्यिक व्यक्तित्व, साहित्यमा उहाँको योगदान, साहित्यसम्बन्धी उहाँको दृष्टिकोण आदिको बारेमा ब्या...
थारु समुदायलाई लुम्बिनी सरकारको सार्वजनिक बिदा
दाङ, १२ भदौ लुम्बिनी प्रदेश सरकारले थारू जातिको अटवारी पर्वको अवसरमा सो समुदायलाई आइतवार सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले अटवारी पर्व मनाउने समुदायलाई मात्र सार्वजनिक बिदा दिएको हो। बिदा मिलान गर्ने गरी थारु समुदायलाई पर्व बिदा दिएको हो । यसैगरी, थारुहरुको चाड अटवारीका अवसरमा दाङ जिल्लाका ४ स्थानीय तहले पनि सार्वजनिक बिदा दिएका छन्। तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, राप्...
मन्जुश्री अशाहय संरक्षण केन्द्रद्वारा आयोजीत तीज विशेष कार्यक्रम सम्पन्न
काठमाडौं । महिलाको महान् चाड हरितालिका तीज नजिकिएसँगै गाउँ र शहरमा महिला दिदी बहिनीहरुको चहलहल बढेको छ। पायक पर्ने बजारमा किनमेल गर्न महिला अग्रसर देखिन्छन् । सुखदुख बिसाउन एक ठाउँमा जम्मा हुने महिला दर खानेसँगै टिकटक बनाउन व्यस्त देखिन्छन् । यसैबिच, नजिकिदै गरेको हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजलाई मध्यनजर गर्दै मन्जुश्री अशाहय संरक्षण केन्द्र काठमाडौं शाखाद्वारा आयोजित तीज विशेष कार्य...
प्रचण्ड र माधव नेपाल पार्टी एकता संयोजन समिति गठन गरी अघि बढ्न सहमत
काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा एउटै घोषणापत्र लिएर जाने विषयमा छलफल भएको छ । पार्टी एकतासमेत गर्ने तयारी गरेका दुवै दल एकताअघि नै चुनावमा भने एउटै घोषणापत्र बनाएर जाने विषयमा छलफल भएको हो । सोमबार ललितपुरमा बसेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका...
राष्ट्रिय संगीतकर्मी संघ दुप्चेश्वर गाउँपालिकाकाे दाेस्राे अधिवेशन सम्पन्न
नुवाकोट । राष्ट्रिय संगीतकर्मी संघ दुप्चेश्वर गाउँपालिका नुवाकोटको दोस्रो अधिवेशन सम्पन्न भएको छ । भाद्र महिना भित्र नुवाकोटको सबै तहमा अधिवेशन सम्पम्न गराइसक्नुपर्ने जिल्ला कार्यसमिति नुवाकोटको निर्देशन अनुसार दुप्चेश्वरले समुन्द्रटार नुवाकोटमा शनिबार अधिवेशन सम्पन्न गरेको हो । उक्त अधिवेशनबाट १३ सदस्य कार्यसमिति तय भएको छ । अधिवेशनबाट अध्यक्षमा जय बहादुर तामाङ, वरिष्ठ उपाध्यक्षमा पुजा तामा...