धर्मगुरू आचार्य श्रीनिवासलाई रिहाई गर्न ॐकार सेनाको माग

झापा। अभिव्यक्ति दिएको भन्दै प्रहरीर्ले धर्मगुरू आचार्य श्रीनिवासलाई  पक्राउ गरेको घटनाप्रति ॐकार सेना नेपालले तत्काल रिहाई गर्न माग गरेको छ । सुनसरी प्रहरीको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मंगलबार साँझ श्रीनिवासलाई सुनसरीको बराहक्षेत्रबाट नियन्त्रणमा लिएपछि ॐकार सेनाले बिज्ञप्ति जारी गर्दै तत्काल रिहाईको माग गरेको हो। ॐकार सेनाले जारी गरिएको बिज्ञप्तिमा भनिएको छ, द...

छतबाट खसेर नेता सरोज उपाध्यायको निधन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता सरोजकुमार उपाध्यायको उपचारका क्रममा निधन भएको छ । आज दिउँसो २ बजेतिर शंखमुलस्थित एक रेष्टुराँको छ तलामाथिबाट खसी उनी घाइते भएका थिए । रेष्टुराँबाट खस्दा सुरुमा विजुलीको तारमा परेको र त्यसपछि उनी भूँइमा खस्नु भएको थियो । उनलाई सुरुमा नयाँबानेश्वरस्थित निजामति कर्मचारी अस्पताल पु¥याइएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि उनलाई माइतिघरस्थित अन्नपूर्ण न्यूर...

गलत विचारलाई पराजित गर्न बौद्धिक सङ्घर्ष आवश्यक : केपी ओली

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गलत विचारलाई पराजित गर्न बौद्धिक सङ्घर्ष आवश्यक रहेको बताएका छन् । भक्तपुरको गठ्ठाघरमा आज आयोजना गरिएको नेपाल बुद्धिजीवी परिषद्को केन्द्रीय समितिको बैठकमा उनले देशको पक्षमा राम्रो गर्न खोज्दा सबै तिरबाट एमाले माथि प्रहार भएको गुनासो गरे। बिनाप्रयास, बिनामिहेनत नलडी कोही विजेता नहुने उल्लेख गर्दै अध्यक्ष ओलीले विभिन्न स...

भ्रष्टाचार, विकृति र विसङ्गतिको अन्त्य आजका आवश्यकता : माधव नेपाल

भक्तपुर । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा विद्यमान भ्रष्टाचार, विकृति र विसङ्गतिको अन्त्य गर्नु आजको आवश्यकता रहेको बताएका छन् । आज भक्तपुरको गठ्ठाघरस्थित सिभिएम सेकेण्डरी स्कुलको २५औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा बोल्दै उनले देशलाई अब सुशासन र विकासतर्फ अगाडि लैजानुपर्ने बताएका हुन्। सरकारले शिक्षाको गुणस्तरमा जोड दिनुपर्ने औल्याउँदै उनले शिक्...

नारी दिवसका दिन मण्डनदेउपुरमा लोकगीत प्रतियोगिता हुने

काभ्रे । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाले ११३ औं नारी दिवसका दिन लोकगीत प्रतियोगिता गर्ने भएको छ । आगामी फागुन २४ गते ‘लैङगिक हिंसा विषयक’ लोकगीत प्रतियोगिताको आयोजना गरिएको नगरपालिकाले जनाएको छ । प्रतियोगितामा पुरस्कारको समेत व्यवस्था गरेको छ । प्रतिस्पर्धा गर्न इन्छुक वडागत र महिला सहकारी समूहले सम्बन्धित वडाको सिफारिस सहित २०७९ साल फागुन २२ गतेभित्र प्रतिस्पर्धा गर्ने गायन समूह तय...

नुवाकोट साहित्य प्रतिष्ठानको छैठौं वार्षिक साधारणसभा र कृति विमोचन कार्यक्रम हुँदै

नुवाकोट । नुवाकोट साहित्य प्रतिष्ठान नेपालको छैठौं वार्षिक साधारणसभा तथा कृति विमोचन कार्यक्रम हुने भएको छ । प्रतिष्ठानको छैठौं वार्षिक साधारणसभा तथा विमोचन कार्यक्रम नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टार बजार नुवाकोटमा शनिबार सम्पन्न हुने भएको हो । प्रतिष्ठानका सल्लाहकार श्रीराम श्रेष्ठको प्रेम जोडीू मण्डो संग्रह र प्रतिष्ठानका अध्यक्ष रामकृष्ण गजुरेलको स्वीकृत सम्बन्ध सिजो संग्रह सोही दिन विम...

रत्नराज्यमा झडपः ४ जना विद्यार्थी नेता घाइते, एकजनाकाे अवस्था गम्भीर

काठमाडाैँ, पुस १३ गते । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा अखिलका विद्यार्थीबीच झडप हुँदा तीन जना विद्यार्थी नेताहरु घाइते भएका छन् । स्ववियु निर्वाचनको विषयमा विद्यार्थी सङ्गठनका नेताहरुबीच झडप हुँदा आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीमाथि खुकुरी प्रहार भएको विद्यार्थी नेताहरुले बताएका हुन् । रत्नराज्य क्याम्पसको अनेरास्ववियुका विद्यार्थी नेताहरुमाथि खुकुरी प्रहार...

डान्सिङ स्टार नुवाकोट र दाेहाेरी च्याम्पियन २०२२ सम्पन्न

काठमाडौ । डान्सिङ स्टार नुवाकोट र दाेहाेरी च्याम्पियन २०२२ नुवाकोटमा शुक्रबार सम्पन्न भएको छ । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति नुवाकोटको आयोजनामा भएको कार्यक्रममा दिनेश तामाङकाे संयाेजकत्व , करण तामाङ घ्लानकाे निर्देशन, र अर्चना स्याङतानकाे सभाअध्यक्षता साथै ककनी गाउपालिकाकाे अध्यक्ष सुमन तामाङकाे प्रमुख आतिथ्यतामा भ्यु हिमालय तीन तारे हाेटल नुवाकोटमा सम्पन्न भएको गरिएको हाे । नुव...

‘समाजको रूपान्तरणका लागि कलाकारकाे भूमिका महत्त्वपूर्ण’ : मन्त्री लामा

काठमाडौं। बागमती प्रदेशका स्वास्थमन्त्री निमा लामा ह्योल्मोले समाज रूपान्तरणका लागि कलाकारको भूमिका मुख्य रहेको बताएका छन् । शनिबार शेर्पा पार्टी प्यालेसमा आयोजित नेपाल तामाङ कलाकार संघको १५ औं वार्षिक साधारण सभा तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले कलारको हक हित र संस्थागत विकासका लागि आफु सदैव तयार रहेको बताएका हुन् । यस्तै, कार्यक्रममा नेपाल तामाङ घेदुङकी उ...

बागमती प्रदेश : नेवार (नेपाल) र तामाङ भाषा कामकाजीको भाषा बनाइने

वागमती प्रदेशमा नेवार (नेपाल) भाषा र तामाङ भाषालाई कामकाजी भाषाका रूपमा विकास गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ । वागमती प्रदेशको आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकले हेटौँडा अस्पतालाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक अस्पतालका रूपमा विकास गरिने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता कृष्णशर्मा खनालले जानका...