द्वन्द्वकालमा भएका मानवताविरोधी घटनामा आममाफी दिने कुरामा सहमत हुन सक्दैनौंः ओली

काठमाडौं, मंसिर ५ । एमाले अध्यक्ष केपी ओलीले द्वन्द्वकालमा भएका मानवता बिरोधी ज्यादती तथा मानव अधिकार उल्लंघनका गम्भीर घटनामा आममाफी दिने कुरामा सहमत हुन नसक्ने बताएका छन् । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १५ वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै ओलीले सत्य, न्याय, परिपूरण र रूपान्तरणमुखी शान्तिको प्रक्रियाद्वारा समाजमा मेलमिलाप र स्थायित्व कायम राख्नुपर्ने पक्षमा रहेको बताएका छन् ...

करेन्ट लागेर विद्यार्थी नेता अधिकारीको निधन

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी हेटौँडा उपमहानगरपालिकाका सचिव तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य गिरिजा अधिकारीको आज बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौँडा उपमहानगरपालिका–१७ राजदेवीमा बाटो खन्ने क्रममा विद्युत्को तार पन्छाउने क्रममा करेन्ट लागेपछि उहाँलाई उपचारको लागि मदन भण्डारी स्वास्थ्य ...

प्रधानन्यायाधीशलाई स्वेच्छिक अवकासको निर्णय लिन चार पूर्वप्रधानन्यायाधीशको सुझाव

काठमाडौँ । चार जना पूर्वप्रधानन्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई राजीनामा दिन सुझाव दिएका छन् । सोमबार विज्ञप्ति जारी गरी पूर्वन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले प्रधानन्यायाधीश जबरालाई बहिर्गमनको बाटो रोज्न सुझाव दिएका हुन् । उनीहरुले अहिलेको समस्या प्रधानन्यायाधीशले सिर्जित गरेको भन्दै उनी स्वयं जवाफदेही हुनुपर्ने बताएका छन् । विज्...

सभापति र पदाधिकारीहरुको अयोग्यताकै कारण कांग्रेस अवैध हुने अवस्थामाः नेता सिंह

जनकपुरधाम । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी संरचना आफ्नो पक्षमा पार्ने फोहोरी खेलमा नेतृत्वतह लिप्त हुँदा कांग्रेसमाथि अवैधको प्रश्न उठ्न थालेको बताएका छन् । आइतबार जनकपुरमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा नेता सिंहले १३ औं महाधिवेशनबाट चुनिएर आएका सभापति र पदाधिकारीहरुको अयोग्यताकै कारण पार्टी अवैध हुने अवस्थामा पुगेको आरोप लगाएका हुन् । केही जिल्लाको अधिवेशन सकिँदा...

हमाललाई मन्त्री बनाउन मेरो कुनै पनि संलग्नता छैन : प्रधानन्यायाधीश जबरा

काठमाडौँ । नेपाल बार एसोसिएसनका पदाधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग न्यायपालिका शुद्धिकरण र सुदृढीकरणलगायतका विषयमा छलफल गरेको छ । बारका पदाधिकारीले प्रधानन्यायाधीशसँग मन्त्रिपरिषद्मा भागबण्डा खोजेको, पेसी तोक्ने विषयमा रहेका कमजोरी हटाउन नखोजेको लगायतका विषयमा छलफल गरेको हो । छलफलका क्रममा प्रधानन्यायाधीश जबराले गजेन्द्र हमाललाई मन्त्री बनाउने विषयमा आफ्नो कुनै संलग्नता नभएको बत...

एमालेका करिब ६ हजार वडा कमिटीको अधिवेशन सम्पन्न

काठमाडौं । नेकपा (एमाले)ले शनिबार देशभरि एकैसाथ करिब ६ हजार वडा कमिटीको अधिवेशन गरेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिरा्का कारण केही जिल्लाबाहेक करिब ६ हजार वडा कमिटीको अधिवेशन शनिबार गर्न थालिएको जानकारी दिए । “करिब छ हजार वडा कमिटीको अधिवेशन भएको हाम्रो प्रारम्भिक मूल्याङ्कन रहेको छ”, उनले भने, “ हामीले कति वडाको अधिवेशन सक्यौँ, त्यसको विवरण सङ्कलन हुँदैछ ।” वडा कमिटीमा एक...

वर्तमान सरकार पूर्ण कार्यकालसम्म चल्ने: वरिष्ठ नेता पौडेल

गोदावरी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार पूर्ण कार्यकालसम्म चल्ने बताएका छन् । धनगढीको गेटा विमानस्थलमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले वर्तमान सरकारले पूर्ण कार्यकाल बिताएरै निर्वाचन गर्ने जिकिर गरेका हुन् । नेपाली कांग्रेस ‘अर्ली इलेक्सन’को पक्षमा नभएको र यो संविधान विपरीत हुने चर्चा गर्दै नेता पौडेलले संविधानमा ‘अर्ली इलेक्सन’बारे उल्लेख नभएकाले छिटै चुनाव...

वैशाखयताका विपद्जन्य घटनामा परी ३५३ जनाको मृत्यु, ८० बेपत्ता

काठमाडौं । यही वर्षको वैशाखयता विपदजन्य घटनामा परेर ३५३ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा ८० जना हराइरहेका छन् । सबैभन्दा बढी पहिरामा परेर १६१ को मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । त्यसपछि बाढीबाट ५२ र चट्याङ लागेर ४९ जनाको मृत्यु भएको छ । भारी वर्षाले १८, सर्पले टोकेर २०, आगलागीबाट १८, जनावरको आक्रमणबाट २८, डढेलो, हावाहुरी र ...

बाढीपहिरो अपडेटः मृत्यु हुनेको संख्या १०१ पुग्यो, ४१ जना बेपत्ता

काठमाडौं । भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोमा परी प्रदेश–१ मा ६०, वाग्मतीमा एक, कर्णालीमा सात, सुदूरपश्चिममा ३१ र लुम्बिनी प्रदेशमा दुई गरी जम्मा १०१ जनाको मृत्यु भएको हो । प्रहरीले दिएको विवरणअनुसार प्रदेश–१ मा १९, कर्णालीमा ४ र सुदूरपश्चिममा १७ गरी ४० जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पत...

पार्टीको १० औं महाधिवेशन चितवनमा गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने भएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बिहीबार बसेको पार्टी स्थायी कमिटी बैठकले आगामी मंसीर १० देखि १२ गतेसम्म हुने पार्टीको महाधिवेशन चितवनमा गर्ने औपचारिक निर्णय गरेको हो । यसअघि विधान महाधिवेशनको समापनको क्रममा अध्यक्ष ओलीले पार्टीको १० औं महाधिवेशन वुटवलमा गर्ने घोषणा गरेका थिए । तर आजको बैठकले पार्टीको १० औं राष्ट्रिय मह...