नेपालको पर्यटन प्रवद्र्धन गर्न अङ्ग्रेजी भाषामा म्युजिक भिडियो निर्माण

काठमाडौं । नेपालको पर्यटन प्रवद्र्धनार्थ साङ्ग्रिला नेपालको प्रतिनिधित्व गर्ने अङ्ग्रेजी म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नेपालको पहिचानलाई विश्वभर प्रवद्र्धनका लागि पहिलो पटक अङ्ग्रेजी भाषामा पर्यटनसँग सम्बन्धित भिडियो बनाइएको हो । साङग्रिला नेपालको विविध स्थलकृति, संस्कृति र अन्न्त पर्यटकीय आकर्षण भएको देशलाई प्रतिनिधित्व गर्ने भिडियो सार्वजनिक भएको छ । अनुपम प्राकृतिक सुन्दरता, सांस्कृतिक...

अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक

काठमाडौँ । सरकारले अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ । अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएको भन्दै अर्को आदेश नभएसम्मका लागि अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको हो । गृह मन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई अफ्रिकी देशका नागरिकहरुलाई प्रवेश गर्न नदिन आइतबार निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्त...

सर्वसम्मत नेतृत्व चयनको सम्पूर्ण अधिकार अध्यक्ष ओलीलाई

काठमाडौं । नेकपा एमालेको महाधिवेशनको बन्द सत्रबाट सर्वसम्मत नेतृत्व चयनको सम्पूर्ण अधिकार अध्यक्ष केपी ओलीलाई दिइएको छ । नेकपा एमालेका १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मेवारी पार्टी अध्यक्ष ओलीले पाएका हुन् । कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार विष्णु पौडेलको प्रस्तावलाई बन्दसत्रमा ताली बजाएर अनुमोदन गरिएको थियो । यसमा उपाध्यक्ष भीम रावलले भने असन्तुष्टि जनाएका छन्...

पार्टीभित्र प्रतिस्पर्धा नभई एकता मुख्य कुरा : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र प्रतिस्पर्धा नभई एकता मुख्य कुरा भएको बताएका छन् । चितवनको भरतपुरमा शनिबार १० औं महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी छिन्नभिन्न भएका बेला र विश्वमा कम्युनिष्ट आन्दोलन कमजोर भएका बेला प्रतिद्वन्द्वीताको कुरा नगर्न आग्रह गरेका हुन् । उनले प्रतिपक्षीसँग प्रतिस्पर्धा हुने भएपनि पार्टीभित्र भने एकता मुख्य कुरा भएको...

बौद्ध विश्वविद्यालय दिवसमा त्रियान प्रज्ञा सम्मेलन हुने

काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयले प्रथम त्रियान प्रज्ञा सम्मेलन गर्ने भएको छ । १७ औं विश्वविद्यालय दिवसको अवसरमा बौद्ध संस्कृति र समृद्धि तथा बौद्ध शिक्षा शिक्षण पद्धतिमा केन्द्रीत रहेर त्रियान सम्मेलन गर्न लागिएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका रजिष्ट्रार डा.तिलकराम आचार्यले नेपालमा अभ्यास भइरहेका बौद्ध दर्शनका तीन बाटोहरुको संस्कृतिलाई समृद्धिसँग कसरी जोडेर लैजान सकिन्छ...

नयाँ स्वरुपमा देखा परेको कोरोना संक्रमण झनै घातक : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको नयाँ संक्रमण नयाँ स्वरुपमा फैलन थालेको भन्दै चिन्ता व्यक्त गरेको छ । डब्लुएचओले दक्षिण अफ्रिकामा देखिएको नयाँ स्वरुपको कोरोना भाइरस विश्वमा फेरि पनि फैलन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । सो भाइरस विश्वभर फैलन नदिन यात्रामा प्रतिबन्ध लगाउन पनि डब्लुएचओले आग्रह गरेको छ । नयाँ स्वरुपमा देखा परेको भाइरसलाई ओमिकर्न नामाकरण गरेको डब्लुएचओले बेलैमा स...

आज ७५३ वटै पालिकामा माओवादीको सम्मेलन, ‘प्रचण्ड’ले भर्चुअल’ सम्बोधन गर्ने

काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्दैछ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो । पालिका सम्मेलनलाई शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल’ सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । शनिबार १ बजे अध्यक्ष दाहालले सबै पालिका सम्मेलनलाई एकैपटक सम्बोधन गर्न लागेका हुन् । माओवादीको केन्द्रीय ...

सात उपाध्यक्ष र तीन उपमहासचिव बनाउने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको आकार बढाउने भएको छ । चितवनमा शुक्रबार राति बसेको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय पदाधिकारी र सदस्यहरूको संख्या थप्न राखेको प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । बैठकले केन्द्रीय कमिटी ३०१ सदस्यीय, पोलिट्ब्युरो ९९ सदस्यीय, स्थायी कमिटी ४५ सदस्यीय, पदाधिकारी १९ सदस्यीय, उपाध्यक्ष– ७,...

मंसिर २४ देखि “दोस्रो तामाङ मौलिक सेलो संगीत महोत्सव–२०७८” हुने

काठमाडौँ । नेपाल तामाङ कलाकार संघले “दोस्रो तामाङ मौलिक सेलो संगीत महोत्सव–२०७८” गर्ने भएको छ । कलाकार संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महोत्सव  बौद्ध चुच्चेपाटी स्थित होटल हायातको खुल्ला मैदानमा आगामी मंसिर २४ र २५ गतेहुने  जानकारी दिएको हो । प्रत्येक वर्ष महोत्सव गर्ने भनिएता पनि कोरोनाका कारण गत वर्ष गर्न नसकिएको संघले जनाएको छ । महोत्सवमा तामाङ मौलिक गीत फापारे ह्वाई, खान्दोक...

जापान जनप्रगतिशील मञ्चको अध्यक्षमा बर्तौला चयन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को प्रवास भातृ सङ्गठन नेपाली जनप्रगतिशील मञ्च, जापान कान्तो क्षेत्रीय समितिको आठौँ अधिवेशन सम्पन्न भएको छ । शनिबार टोकियोमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा गोकर्ण बर्तौला चयन भएका छन् । अधिवेशनले बर्तौलाको नेतृत्वमा २१ सदस्यीय नेतृत्व सर्वसम्मत चयन गरेको हो । नेपाली जनप्रगतिशील मञ्च, जापान कान्तो क्षेत्रीय समितिको नयाँ नेतृत्वको उपाध्यक्षमा सुनिल देवकोटा, सागर कार...