पार्टी एक्लैले जित्ने ठाउँमा गठबन्धन नगर्न नेतृत्वलाई कांग्रेस केन्द्रीय सदस्यहरुको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले स्थानीय तहको निर्वाचनमा पार्टी एक्लैले जित्ने अवस्था रहेको ठाउँमा गठबन्धन आवश्यक नरहेको बताएका छन् । शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै केन्द्रीय सदस्यहरुले स्थानीय तह निर्वाचनमा कांग्रेस एक्लैले जित्ने ठाउँमा गठबन्धन आवश्यक नरहेको बताएका हुन् । बैठकबारे सञ्चारकर्मीहरुलाई जानकारी दिदैँ प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन गर्दा पार्टीले ज...

एमाले नेतृत्वको सरकार ढाल्नेविरुद्ध प्रतिवाद गर्न ओलीको निर्देशन

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश भित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरु मिलेर आफू नेतृत्वको सरकारलाई हटाएको बताएका छन् । सोमबार पोखरामा मानव अधिकार एलाइन्सको पाँचौ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार ढाल्न संसारभरका स्यालहरु एक भएको भन्दै उनीहरुविरुद्ध प्रतिवाद गरेर अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिए । उनले एमाले नेतृत्वको सरकारले र...

एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन भएकोमा गर्व गर्नुपर्छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना(एमसीसी) प्रतिनिधिसभाबाट अनुमोदन भएकोमा गर्व गर्नुपर्ने बताएका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले संसदबाट एमसीसी अनुमोदन हुँदा नेपाली समाज विभाजित हुनबाट बचेको बताएका हुन् । उनले भने, ‘केही साथीहरु व्याख्यात्मक टिप्पणीलाई कागजको खोस्टो हो भन्नुहुन्छ । तर होइन नेपाली समाज विभाजित हुनबाट...

एमसीसीसम्बन्धी भ्रम र अन्योल समाप्त भएः प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन भएसँगै यससम्बन्धी भ्रम र अन्योल समाप्त भएका बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले सत्तागठबन्धनमा रहेका दलहरुको सहमतिमा सरकारले ल्याएको व्याख्यात्मक घोषणाले एमसीसी सम्बन्धमा विभिन्न क्षेत्रबाट उठाइएका ...

एमसीसी सम्झौता संसदबाट अनुमोदन

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले सम्झौता ‘व्याख्यात्मक टिप्पणी’सहित अनुमोदन गरेको हो । सम्झौता सत्ता गठबन्धन दलहरुको बुहमतले अनुमोदन गरेको हो । व्याख्यात्मक टिप्पणीमा एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग नभएको, त्यसलाई विशुद्ध आर्थिक तथा विकास परियोजनाको रुपमा मात्रै लिने, नेपालकै संविधान स...

एमसीसी पास भएमा गठबन्धन टुट्छः शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले एमसीसी नेपालले पारित गर्नुपर्ने बताएका छन् । शुक्रबार संसद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाका अगाडि एमसीसी त्याग्ने वा गठबन्धन बचाउने भन्ने दुई विकल्प रहेको र उहाँले आफ्नो निर्णयहरु बारम्बार भनिरहेको बताए । कोइरालाले एमसीसी पास भएमा अहिलेको गठबन्धन टुट्नेमा दुई मत नरहेको बताए । उनले भने, ‘एमसीसी नेपालक...

गठबन्धन कुनै परियोजनाका लागि होइनः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै एउटा परियोजनालाई लिएर गठबन्धनलाई भत्काउने प्रयास भइरहेको भन्दै आपत्ति जनाएका छन् । २७औं जनयुद्ध दिवसको अवसरमा आइतबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले कुनै परियोजनाका निम्ति सत्ता गठबन्धन नबनेको बताएका हुन् । गठबन्धन संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि गरिएको ब...

एमसीसीलाई अन्योल नबनाई संसदलाई निर्णय गर्न दिनुपर्ने कांग्रेसको निष्कर्ष

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसदबाट अनुमोदन गर्नुपर्ने निष्कर्ष निकालेको छ । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले एमसीसीलाई अन्योल बनाउन नहुने र संसदलाई निर्णय गर्न दिनुपर्ने निष्कर्ष निकालेको हो । अमेरिकाले अनुदान दिन लागेको भन्दै सभापति शेरबहादुर देउवाले यसमा धेरै विवादित र विभाजित ...

सभामुखलाई महाअभियोग लगाउने परिस्थिति सिर्जना हुनसक्छः बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सभामुखलाई महाअभियोग लगाउने परिस्थिति सिर्जना हुनसक्ने बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित साक्षात्कारमा बस्नेतले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाउने परिस्थिति सिर्जना हुनसक्ने बताएका हुन् । उनले नेकपा एमालेमा १०० जना सांसद महाअभियोग लगाउने कुरामा स्ट्याण्डबाई रहेको भन्दै पार्टीले संख्या पुर्याउने पहल गरेमा सभामुखलाई महाअभियोग लगाउन सकिने...

नेपालको स्वाभिमानमाथि आँच पुग्ने गतिविधि नगर्न भारतलाई एमालेको आग्रह

काठमाडौं । नेकपा एमालेले लिपुलेक, लिम्पियाधुरालगायतको नेपाली भूमिमा भारत सरकारले सडक विस्तारको काम अघि बढाएको भन्दै भारतसँग वार्ता गर्न सरकारलाई आग्रह गरेको छ । मंगलबार एमालेका परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले विज्ञप्ति जारी गरी यसबारेमा तत्काल भारत सरकारसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका हुन् । उनले राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारको सन्देहास्पद मौनत...