वाग्मती सफाई महाअभियानको ४०८ औं शृङखला

काठमाडौं । राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने मुलनाराकासाथ संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यमा पशुपतिनाथ मन्दिर अगाडि बग्ने नदिलाई फोहोर मुक्त बनाउन महाशिवरात्रीलाई मध्य नजर गर्दैं आज (शनिबार) वाग्मती सफाई महाअभियानको ४०८ औं शृङ्खला सम्पन्न भएको छ । महाअभियानका अभियन्ता किशोरसिंह शाहीकानुसार उक्त सफाई महाअभियानमा नेपाल सरकारका पूर्व मुख्यसचिव ...

नेपाल प्रहरीका एस्पि काफ्लेलाई पितृशोक

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल,काठमाडौंमा कार्यरत नेपाल प्रहरीका प्रहरी उपरीक्षक(एस्पि) अबिनारायण काफ्लेलाई पितृशोक परेको छ । एस्पि काफ्लेका बुबा ज्ञानेन्द्र काफ्लेको शुक्रबार असमायिक निधन भएको हो । स्वर्गीय काफ्लेको पार्थिव शरिरलाई हिन्दू धर्मनुसार आज (शनिबार) इनरुवा सुनसरी घाटमा अन्तेष्टी गरिने पारिवारिक श्रोतले जनाएका छन् ।    ...

व्यवसायी छिरिङ शेर्पा,केन्द्रीय श्रमिक तथा ट्रेड युनियन विभाग सदस्यमा मनोनित

सिन्धुपाल्चोक ।  लामो समयदेखि यातयात व्यवसायमा संलग्न सिन्धुपाल्चोकका यातयात व्यवसायी,सामाजिक अभियन्ता छिरिङ शेर्पा,नेपाली कांग्रेस केन्द्रीय श्रमिक तथा ट्रेड युनियन विभागको केन्द्रीय सदस्यमा मनोनित हुनु भएको छ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाद्धारा नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहितको धारा २५) (९) बमोजिम हस्ताक्षरित पत्रनुसार विभागका विभागीय प्रमुख शिवाप्रसा...

पिपलडाँडा खुम्बारीमा बृहत् ल्होछार सांस्कृतिक कार्यक्रम भोलि हुँदै

काभ्रे ।  तामाङ जातिको महान पर्व तथा नयाँ वर्ष २८५७ औं लाङ ल्हो सोनाम ल्होछारको अवसरमा भोलि फागुन २२ गते शनिबार बृहत् ल्होछार सांस्कृतिक कार्यक्रम हुने भएको छ । भुम्लु -१० दोलालघाट खुम्बारी पिपलडाँडाको आयोजनामा नेपाली कांग्रेसका युवा नेता एवं संविधान सभाका पूर्व सदस्य तिर्थ लामाको प्रमुख आतिथ्यमा शनिबार बिहान १० बजे दोलालघाट पिपलडाँडा खुम्बारीमा भव्य रुपमा कार्यक्रम हुने जनाएका छन् ।...

बेथानडाँडामा सुनापती गाउँपालिकाको आर्थिक सहयोगमा डम्फू निर्माण कार्य हुँदैं

रामेछाप । सुनापती गाउँपालिकाको वडा नं. ३ र ४ को संगम स्थान बेथान डाँडामा ८ फिट अग्लो डम्फू निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गाउँपालिका अध्यक्ष धावा लामाकानुसार तामाङ समाजको सांस्कृतिक संरक्षण र सम्बर्द्धन गर्न तथा आन्तरिक र बाह्य पर्यटकहरुको गन्तव्य स्थल बनाउन सुनापती गाउँपालिकाको आर्थिक सहयोगमा तामाङ जातिको जातिय पहिचानको धरोहर डम्फू निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएका छन् ।...

पुरानीडाँडामा अन्तरपालिका स्तरीय दोश्रो चेयरमेन कप भलिबल प्रतियोगिता फागुन २१ गते शुक्रबारबाट हुने

नुवाकोट ।  नुवाकोट जिल्ला अन्तरपालिका स्तरीय दोश्रो चेयरमेन कप भलिबल प्रतियोगिता यही फागुन २१ गतेदेखि २४ गतेसम्म पन्चकन्या गाउँपालिका वडा नं.२ पुरानीडाँडास्थित श्री कालिका माविको प्राङ्गणमा हुने भएको छ । पन्चकन्या गाउँपालिका, नुवाकोटको आयोजनामा उक्त प्रतियोगिता हुने गाउँपालिका अध्यक्ष रमेश तामाङले जनाएका छन् ।  ...

इमाडोलमा बृहत् जनचेतना तथा सरसफाई कार्यक्रम

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं.४ इमाडोलमा प्रतिनिधि सभाका सांसद यज्ञ सुनुवारको प्रमुख आतिथ्यमा वाग्मती प्रदेश सभा सांसद माधव पौंडेल र महालक्ष्मी नगरपालिका उपमेयर निर्मला थापा, फोहोर मैला व्यवस्थापन महासंघका वरिष्ठ उपाध्यक्ष एवं सृजनसीप सेवा प्रालिका अध्यक्ष सहदेव राउतको विशेष आतिथ्यमा बृहत् जनचेतना तथा सरसफाई कार्यक्रम शनिबार सम्पन्न भएको छ । सिर्जनसीप सेवा प्रालिका कार्यक्रम संयोजक खगे...

गोटिखेल छेपारीडाँडामा ॐ नमो बुद्ध उर्गेन दोर्जे गुम्बा शिलान्यास

ललितपुर । महांकाल गाउँपालिका वडा नं. ३ गोटिखेल छेपारीडाँडामा बौंद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका अध्यक्ष एवं बौंद्ध धर्मगुरु भिक्षु थुप्तेन (जिक्डोल) को प्रमुख आतिथ्यमा आज (मंगलबार) बौंद्ध धर्मनुसार ॐ नमो बुद्ध उर्गेन दोर्जे गुम्बाको शिलान्यास गर्नु भएको छ । बौंद्ध जागरण संघका केन्द्रीय अध्यक्ष एवं बौंद्ध धर्मगुरु काईला लामाले गुम्बा शिलान्यास समारोहमा लामा गुरु, स्थानिय वासिन्दाह...

आमाछोदिङमोमा बृहत् सोनाम ल्होछार तथा सांस्कृतिक कार्यक्रम फागुन २२ गते हुँदै

रसुवा ।  राष्ट्रिय संगीतकर्मी संघ रसुवाको आयोजनामा तामाङ जातिको महान पर्व तथा नयाँ वर्ष २८५७ औं लाङ ल्हो सोनाम ल्होछारको अवसरमा बृहत् सोनाम ल्होछार तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । संघका जिल्ला अध्यक्ष एवं नायक दावा फिन्जो तामाङकानुसार फागुन २२ गते आमाछोदिङमो गाउँपालिका वडा नं.४ रसुवामा ख्यातिप्राप्त राष्ट्रिय स्तरका कलाकार, गायक, गायिकादेखि स्थानीय स्तरका कलाकारहरुको सहभागितामा कार्यक्रम...

कांग्रेस पूर्व उपसभापति गोपालमान श्रेष्ठ नर्भिक अस्पताल भर्ना

काठमाडौं ।  नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठ सोमबार स्वास प्रस्वास सम्बन्धि समस्या भएर नर्भिक अस्पताल थापाथलीमा भर्ना हुनु भएको छ। एक्कासी स्वास प्रस्वास सम्बन्धि समस्या आएकाले पूर्व उपप्रधानमन्त्री तथा पूर्व कांग्रेस उपसभापति श्रेष्ठलाई नर्भिक अस्पताल भर्ना गरिएको पारिवारिक श्रोतले जनाएका छन् ।  ...