नेपाल सरकारका सहसचिव हेमराज तामाङलाई सर्लाही जिल्ला सिडिओको जिम्मेवारी

सर्लाही । नेपाल सरकारका सहसचिव हेमराज तामाङलाई गृह मन्त्रालयले सर्लाही जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ)को जिम्मेवारी प्रदान गरेका छन् । सिडिओ तामाङले सोमबारदेखि जिल्ला प्रशासन कार्यालय सर्लाहीको जिम्मेवारी सम्हाल्नु भएको सहायक सिडिओ भूमिश्वर पोखरेलले बताउनु भएको छ । नेपाल सरकारका सहसचिवसमेत रहनु भएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेमराज तामाङले सल्यान जिल्लामा पनि सिडिओको जिम्मेवारी सम्ह...

गोदावरी नगरपालिकाको पाँचौ स्थापना दिवसमा सरसफाई कार्यक्रम

ललितपुर ।  गोदावरी नगरपालिकाको पाँचौं स्थापना दिवसको अवसरमा गोदावरी नगरपालिकाको अयोजनामा महानगरीय प्रहरी बृत्त चापागाउँ, सृजनसीप सेवा प्रा.लि.खुमलटार, नेपाल रेडक्रस सोसाईटी, चापागाउँ उपशाखा, बज्रबाराही क्याम्पस, जनभावना क्याम्पसको सहभागितामा बुधबार गोदावरी नगरपालिका कार्यालय आसपासमा सरसफाई कार्यक्रमको आयोजना गरेको छ । सृजनसीप सेवा प्रा.लि.का कार्यक्रम संयोजक खगेन्द्र बिष्टले तामाङपेजसँग कुराकान...

सरकार गठनका लागि कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद, सरकार, राजनीतिक प्रक्रिया र संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने भएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले वर्तमान राजनीतिक परिस्थितिका बारेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपासँग छलफल र वार्ता गर्ने निर्णय गरेको...

किर्दाशमा श्री देवीश्वरी आधारभूत विद्यालयको ३३ औं वार्षिकोत्सब शनिबार हुँदै

काभ्रे ।  रोशी गाउँपालिका वडा नं.८ किर्दाशमा श्री देवीश्वरी आधारभूत विद्यालयको ३३ औं वार्षिक उत्सव,भवन उदघाटन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम एवं विविध सांस्कृतिक कार्यक्रम फागुन २९ गते शनिबारका दिन वाग्मती प्रदेश सभा सांसद चन्द्र लामाको प्रमुख आतिथ्यमा बिहान १०:३० बजे हुने भएको छ । श्री देवीश्वरी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संगम लामाकानुसार उक्त कार्यक्रममा पूर्वमन्त्री रेशम ...

स्वयम्भूमा बौद्ध धर्म गुरु १० औं अवतारी घोसा टुल्कु रेम्पोर्छेबाट आईतबार स्वर्गीय पुतलीमाया घिसिङको २१ औं दिनको घेवा कर्म हुँदैं

काठमाडौं ।  चर्चित गायक संजोक योन्जनका पुज्यनिय आमा तथा तामाङ सोसाईटी अफ अमेरिका निवर्तमान उपाध्यक्ष,ब्युटिसियन एवं लोकेश्वर मिडिया सर्भिसका संरक्षक निमा गोले तामाङको सासू आमा स्वर्गीय पुतलीमाया घिसिङ तामाङको २१ औं दिनको पुण्य तिथिमा पुज्यनिय बौंद्ध धर्म गुरु एवं १० औं अवतारी घोसा टुल्कु रेम्पोर्छेबाट बौद्ध धर्मनुसार यही चैत्र १ गते आईतबारका दिन बिहान ११ बजे स्वयम्भूस्थित थेगसुमलिङ छ्योईफेलिङ गुम्...

टिकाभैरवमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर,२०० जना लाभान्वित

ललितपुर  । गोदावरी नगरपालिकास्थित टिकाभैरवमा १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा गोदावरी सरोकार र सम्भावना नेपालको संयुक्त आयोजनामा गोदावरी नगरपालिका उपमेयर मुना अधिकारीको प्रमुख आतिथ्यमा सोमबार एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गोदावरी सरोकार अध्यक्ष बेबि राजभण्डारीकानुसार उक्त शिविरमा टिकाभैरव आसपासका २०० जना सेवाग्राही लाभान्वित हुनु भएको र शिविरमा दाँत, स्त्रीरोग...

बज्रबाराहीमा १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा विविध कार्यक्रम

ललितपुर । गाेदावरी नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा नगर प्रमुख गजेन्द्र महर्जनको प्रमुख आतिथ्यमा नगर उपप्रमुख मुना अधिकारीको अध्यक्षतामा गाेदावरी नगर क्षेत्र भित्रका महिला सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, विभित्र संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, जनप्रतिनिधि, पत्रकार, सुरक्षा निकायका प्रतिनिधिहरु लगायतका गरि करिव ५ सय जनाभन्दा बढीको उपस्थितिमा १११ औं अन्तर्राष्ट्रिय श्रमिक...

नयाँवस्तिका मृगौला पीडित गुणराज बललाई उपचार गर्न आर्थिक अभाव,सहयोगको लागि सबैमा अपिल

मकवानपुर । मनहरी गाउँपालिका वडा नं.६ नयाँवस्तिका दुबै मृगौला फेल भएका गुणराज बल तामाङलाई थप उपचार गर्न आर्थिक अभाव भएको छ । स्थानीय शिक्षक देवराज चेपाङकानुसार मृगौला पीडित तामाङको आर्थिक अवस्था कमजोर भएको,उपचार गर्दा १ लाख ऋण लागेको र थप उपचार गर्न आर्थिक अभाव भएको जनाएका छन् । मृगौला पीडित गुणराज बल तामाङको श्रीमती,दुई छोरा,छोरी रहेको गरिबीकाकारण उपचार गर्न आर्थिक अभाव भएकाले सहयोगको लागि ...

तामाङ संघ दक्षिण कोरियाको १० अधिवेशन सम्पन्न,दुई संस्थाबीच एकीकरण,अध्यक्षमा रवि लामा निर्विरोध

दक्षिण कोरिया । तामाङ संघ दक्षिण कोरियाको १० औं अधिवेशन सन् २०२१ फेब्रुअरी २८ तारिख आईतबारका जुम भर्चुअल अनलाईन मार्फत सम्पन्न भएको छ । अधिवेशनले दक्षिण कोरियामा स्थापित दुई तामाङ संस्थाहरु तामाङ संघ दक्षिण कोरिया र तामाङ समाज ख्याङसाङ बुसानबीच ऎतिहासिक रुपमा एकीकरण भइ नेपाल तामाङ घेदुङ संघीय कार्यालय, काठमाडौंले नेपाल तामाङ घेदुङको दक्षिण कोरियालाई (केन्द्र) र नेपाल तामाङ घेदुङ ख्याङसाङ बुसानलाइ...

लुभुमा गोदावरीखोला क्षेत्र सरसफाई अभियानको १०५ औं शृङ्खला सम्पन्न

ललितपुर । महिला तथा बालबालिकाको पहलमा संचालित "हाम्रो गोदावरी स्वच्छ सफा र सुन्दर गोदावरी" भन्ने नाराकासाथ प्रत्येक साताको शनिबार आयोजना हुँदै आएको गाेदावरीखोला क्षेत्र सरसफाई अभियानको १०५ औं शृङ्खला महालक्ष्मी नगरपालिका वडा नं.६ सानागाउँ र वडा नं.८ लुभु जोडने पुल आसपास लुभुमा आज (शनिबार) सम्पन्न भएको छ । उक्त अभियानमा अभियानका अभियन्ताहरु,स्थानीय वासिन्दाहरुको उल्लेख्य सहभागिता रहेको थियो । ग...