टी-ट्वान्टी क्रिकेटमा वेस्ट इन्डिज विजयी

घरेलु टोली वेस्ट इन्डिजले पाँचौं तथा अन्तिम टी-ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई पराजित गरेको छ । सेन्ट लुसियामा शनिबार बिहान वेस्ट इन्डिजले अष्ट्रेलियालाई १६ रनले पराजित गरेको हो । यससँगै वेस्ट इन्डिजले पाँच खेलको सिरिज ४(१ ले जितेको छ । वेस्ट इन्डिजले दिएको २०० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८३ रन मात्र बनाउन सक्यो । अष्ट्रेलियाका लागि कप्तान...

अष्ट्रेलियालाई ६ विकेटले हराउँदै वेस्ट इन्डिजलाई टि२० आई सिरिज

अनुभवी ब्याट्सम्यान क्रिस गेलको सानदार ब्याटिङको सहयोगमा वेस्ट इन्डिजले अष्ट्रेलियाविरुद्ध पाँच टि २० आई सिरिज दुई खेल अगावै जितेको छ । मंगलबार बिहान तेस्रो खेलमा अष्ट्रेलियालाई सहजै ६ विकेटले हराउँदै वेस्ट इन्डिजले टि२० आई सिरिज उपाधि जितेको हो । यस पटक पनि अस्ट्रेलियाका ब्याट्सम्यानहरु चल्न सकेनन् । पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १४१ रन बनाउन सक्यो । उसका ...

१६ औं संस्करणको युरोकपको उपाधि इटालीलाई

घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो । यस उपाधिसँगै इटालीले दोस्रो पटक युरोकपको उपाधि जितेको छ । यसअघि इटालीले १९६८ मा युरोको उपाधि जितेको थियो । इंग्ल्यान्ड भने पहिलो पटक युरोकपको उपाधि जित्न असफल भएको छ ।वेम्बली स्टेडियममा ...

अर्जेन्टिनालाई कोपा अमेरिका फुटबलको उपाधि

अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार बिहान माराकाना रंगशालामा भएको खेलमा ब्राजिललाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि हात पारेको हो । पहिलो हाफको २२ औं मिनेटमा एन्जल डि मारियाले निर्णायक गोल गर्दा आयोजक ब्राजिल पराजित भएको हो । अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका जितेको हो । उसले पछिल्लोपटक १९९३ मा उसले यो उपाधि जितेको थियो । त्यसयता, अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन...

जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा

साविक विजेता नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । लण्डनमा गएराति क्यानडाका डेनिस शापोभालोभलाई पराजित गर्दै जोकोभिच उपाधि नजिक पुगेका हुन् । विश्व नम्बर एक समेत रहेका सर्बियन जोकोभिचले डेनिसलाई ७(६ ९७(३०,७(५ र ७(५ को सेटमा पराजित गरे । यससँगै पाँच पटक च्याम्पियन जोकोभिच सातौं पटक विम्बल्डनको फाइनलमा प्रवेश गर्न सफल भएका छन् । जोकोभिचले पछिल्लो पटक २०१९ मा विम्बल्डनको उपा...

कोलम्बिया कोपा अमेरिकाको सेमिफाईनलमा

उपाधि दाबेदार उरुग्वेलाई हराउदै कोलम्बिया कोपा अमेरिका कप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । ब्राजिलमा जारी ४७ औँ संस्करणको प्रतियोगीतामा कोलम्बियाले पेनाल्टी सुटआउटमा उरुग्वेको चुनौती पन्छाएको हो । निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो । पेनाल्टीमा उरुग्वेका माटियास भिना र जोसे मारिया जिमिनेज चुकेका थिए । लुइस स्वारेज र इडिन्सन काभा...

युरोकप फुटबलको सेमिफाईनल समिकरण पुरा

युरोपका विभिन्न ११ सहरमा जारी युरो कप २०२० फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गएराती क्वार्टरफाईनल चरणका २ खेल सकिएसंगै प्रतियोगीताको सेमिफाईनल समिकरणले पुर्णता पाएको हो । युरोकपको सेमिफाईनलमा ईङलयाण्ड, डेनमार्क, स्पेन र ईटाली पुगेका छन् । गएराति चेक रिपब्लिकलाई २–१ गोलले हराउँदै डेनमार्कले सेमिफाइनलमा स्थान पक्का गर्दा युक्रेनमाथि ४–० गोलको शानदार जित निकाल्दै इङ्ग्ल्यान्ड अन्त...

टोकियो ओलम्पिकमा पार्कीको सट्टा चौधरीले प्रतिस्पर्धा गर्ने

काठमाडौं । आगामी महिना जापानको राजधानी टोकियोमा शुरु हुने ओलम्पिकमा नेपालबाट एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्ने भएकी छन् । यसअघि म्याराथनमा गोपीचन्द्र पार्कीले प्रतिस्पर्धा गर्ने तय भए पनि टोकियो ओलम्पिक कमिटीले असहमति जनाउँदा उनको सट्टा चौधरीले सहभागिता जनाउने भएकी हुन् । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सि...

युरो २०२० को क्वार्टरफाईनल समिकरण पुरा

युरोपका विभिन्न ११ सहरमा जारी १६ औँ संस्करणको युरो कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । गएराती अन्तिम १६ का दुई खेल सकिएसंगै प्रतियोगीताको क्वार्टरफाईनल समिकरणले पुर्णता पाएको हो । युरोकपको क्वार्टरफाईनलमा ईङल्याण्ड, युक्रेन, स्विट्जरल्याण्ड, स्पेन, बेल्जियम, ईटाली, चेक रिपब्लिक र डेनमार्कले स्थान बनाएका छन् । ‘ग्रुप अफ डेथ’ मानिएको समूह ‘एफ’का चारै टोली अन्तिम १६ बाटै ब...

कोपा अमेरिकामा बोलिभियामाथि अर्जेन्टिनाको फराकिलो जित

कप्तान लियोनल मेस्सी चम्किएपछि कोपा अमेरिका कप फुटबलमा अर्जेन्टिनाले बोलिभियाबिरुद्ध शानदार जित दर्ता गरेको छ । रियो दि जेनेरियोमा भएको खेलमा मेस्सीको २ गोल मद्दतमा अर्जेन्टिनाले ४–१ को शानदार जित निकालेको हो । थप गोल अलेक्जेड्रो गोमेज र लाउतारो मार्टिनेजले गरे । बोलिभियाका ईरविन साबेन्द्राले एक गोल फर्काए । छैठौ मिनेटमा गोमेजको गोलमा अग्रता बनाएको अर्जेन्टिनाका लागि मेस्सीले ३३ औ मिनेटमा पे...