चितवनलाई ईपीएलको उपाधि

काठमाडौँ । चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवनले उपाधि जितेको हो । चितवनले पहिलोपटक उपाधि जितेको हो । पोखराले दिएको १ सय १२ रनको लक्ष्य चितवनले ओभरमा विकेट गुमाउँदै भेट्टायो । उसका लागि भीम सार्कीले ४५ बलमा ६३ रन बनाउँदै अर्धशतकीय पारी खेले । दिलिप नाथ १८ र राजेश पुलामी १४...

साफ च्याम्पियनसिप : नेपालद्वारा श्रीलङ्का ३–२ ले पराजित

माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो । नेपाल लगातार दोस्रो खेलमा विजयी भएको हो । यसअघि पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गरेको थियो । श्रीलङ्काविरुद्धको खेलमा नेपालका लागि सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गर्नुभ...

इपिएलमा पोखराको पहिलो जित

काठमाडौं । पोखरा राइनोजले ललितपुर प्याट्रीयट्सलाई ९ विकेटले पराजित गर्दै चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा ललितपुरले दिएको ५२ रनको सामान्य लक्ष्य पोखराले ६ दशमलव ३ ओभरमा एक विकेट गुमाएर भेटायो । पोखराको जीतमा रिचार्ड लेभीले अविजित रहदै ३८ रनको योगदान दिए । उनले २२ बलमा ५ चौका र १ छ...

साफ च्याम्पियनसिपको लागि नेपाली टोलीको घोषणा

काठमाडौँ । साफ च्याम्पियनसिप २०२१ मा सहभागी हुने नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आइतबार २३ सदस्यीय टीम घोषणा गरेका हुन् । माल्दिभ्समा असोज १५ देखि ३० सम्म हुने प्रतियोगिताको तयारीका लागि हाल नेपाली टिम कतारमा छ । नेपाली टोलीबाट त्यहाँबाट माल्दिभ्स जानेछ ।  टिममा किरण लिम्बू, दीप कार्की, विशाल श्रेष्ठ, दिनेश राजवंशी, सुरज ठकुरी, अन्तत तामाङ, ...

आइपीएल क्रिकेटमा कोलकाताद्धारा मुम्बई इन्डियन्स ७ विकेटले पराजित

ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ । आबुधाबीमा गएराति भएको खेलमा मुम्बइले दिएको १ सय ५६ रनको लक्ष्य कोलकाताले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा ग¥यो । उसका लागि राहुल त्रिपाठीले अविजित ७४ रनको योगदान दिए । भेन्कटेश आयरले ५३ रन जोडे । बलिङतर्फ मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको म...

विजया दशमीको अवसरमा साविक आग्रा स्तरीय फुटबल प्रतियोगिता हुँदै

मकवानपुर । रामचन्द्र मोक्तान : मकवानपुर को थाहानगरपालिका वडा नम्बर ७ स्थित किटेनी चौर महादेव खर्क फुटबल मैदानमा विजया दशमीको अवसरमा साविक आग्रा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । २०७८ सालको विजया दशमीको शुभ अवसर पारी देउखेल युवा विकास क्लबको आयोजनामा आउँदो असोज महिनाको २६ गतेबाट साविक आग्रा स्तरीय फुटबल प्रतियोगिता हुन लागेको प्रतियोगिताका संयोजक बल बहादुर गोङ्बाले जानकारी दिए । राष्ट्रक...

टोकियो ओलम्पिकमा सरस्वती छनौट चरणबाटै बाहिरिइन

काठमाडौं । टोकियो ओलम्पिक २०२० अन्तरगत आज नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको पराजयसँगै ओलम्पिक यात्रा पनि सकिएको छ । एथलेटिक्सको आज विहान भएको १०० मिटरको महिला दौड प्रतिष्पर्धामा नेपालकी सरस्वती चौधरीले यसअघि साफमा आँफैले बनाएको किर्तिमान समेत कायम राख्न सकिनन् । छनौट चरणको ९ जना सम्मिलित प्रतिष्पर्धामा सरस्वती आठौं भएकी थिइन । साफको महिला १०० मिटर दौडमा उनको रेकर्ड १२.५५ सेकेण्ड रहेक...

टोकियो ओलम्पिक: छ स्वर्णसहित चीन शीर्ष स्थानमा

काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । चीनले हालसम्म छ स्वर्ण, एक रजत र चार कास्यसहित ११ पदक प्राप्त गरेको छ । प्रतियोगितामा जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन् । जापानले हालसम्म पाँच स्वर्ण र एक रजत तथा अमेरिकाले चार स्वर्ण, दुई रजत र चार कास्य प्रदक प्राप्त गरेको छ । यस्तै दुई स्वर्ण र तीन कास्यसहि...

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहद्वारा राजीनामाको घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन् । उनले आफ्नो सामाजिक संजालमार्फत राजीनामाको घोषणा गरेका हुन् । उनले एन्फाका बरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले पछिल्लो तीन साता देखि असहयोग गरिरहेको र त्यसका कारण आफूले फुटबल टिम छोड्ने निर्णय गरेको भन्दै फुटबल समर्थकलाई जानकारी गराएका छन् । कतार फुटबल संघको सहयोगमा गत चैतमा अलमुताइरीले रा...

टोकियो ओलम्पिकको उद्घाटनमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने

टोकियो । जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको उद्घाटन समारोहमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने अपेक्षा गरिएको छ । प्रतियोगिताका आयोजकहरुले ७० देशका खेलकुद मन्त्री पनि सहभागी हुने अपेक्षा गरिएको बुधबार जानकारी दिएका छन् ।  जापानको मन्त्रिपरिषद्का प्रमुख सचिव कात्सुनोबु कातोले पत्रकारहरुसँग भने, “१५ देश र अन्तर्राष्ट्रिय सङ्गठनका प्रमुखहरुसँगै ७० देशका खेलकुद मन्त्री...