‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’ को उपाधि हिमचितुवालाई

काठमाडौं । ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवी बक्सरलाई मात्र रिङमा उतारिने सो अन्तराष्ट्रिय प्रतियोगितामा विजयी हुने उनी पहिलो नेपाली बक्सर भएका छन् । जापानको नायोगा शहरस्थित ‘नायोगा कङ्ग्रेस सेन्टर इभेन्ट हल’मा आइतबार सम्पन्न ४९ औँ सस्करणको प्रतिस्पर्धामा अन्तराष्ट्रिय बक्सर खेलाडी घिमिरेले जापानका...

साबिक आग्रा स्तरीय फुटबल प्रतियोगिताको उपाधी एफ सि डाँडाबासलाई

मकवानपुर । रामचन्द्र मोक्तान । साबिक आग्रा स्तरीय फुटबल प्रतियोगिताको उपाधी एफ सि डाँडाबासले जितेको छ । थाहा नगरपालिका वडा नम्बर ७ किटिनी चौर फुटबल मैदानमा भएको खेलमा एफ सि डाँडाबासले साइनिङ स्टार बतासेलाई ८-० गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो । यसैगरी पुपु म्हेन्दो चिसापानीले सेबेन स्टार राम्चेलाई ३-२ गोलको अन्तरले पराजित गर्दै तेस्रो स्थान हाँसिल गरेको हो । एफ सि डाँडाबासले जित संगै...

सांसद बहादुर सिंह लामाकाे सम्बाेधनमा कराँते संघ नुवाकोटले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरे

काठमाडौं । नेपाल सितोरियो कराँते संघ नुवाकोटले संघीय सांसद युवा नेता बहादुर सिंह लामा तामाङकाे प्रमुख अातिथ्यतामा शुभकामना आदान प्रदान तथा चियापान समारोह कराँते भवन निर्माण स्थल विदुर ४ सिमचाैर नुवाकोटमा शनिबार सम्पन्न भएको छ । जिल्ला कराँते प्रमुख प्रशिक्षक उत्तम राई , कराँते राष्ट्रिय निर्णायक अष्ठविर लामा , राष्ट्रिय निर्णायक करण तामाङ घ्लान , सिमचाैर डाेजाेका प्रशिक्षक काेच खेलाडीहरु , कराँते ...

चितवनलाई ईपीएलको उपाधि

काठमाडौँ । चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवनले उपाधि जितेको हो । चितवनले पहिलोपटक उपाधि जितेको हो । पोखराले दिएको १ सय १२ रनको लक्ष्य चितवनले ओभरमा विकेट गुमाउँदै भेट्टायो । उसका लागि भीम सार्कीले ४५ बलमा ६३ रन बनाउँदै अर्धशतकीय पारी खेले । दिलिप नाथ १८ र राजेश पुलामी १४...

साफ च्याम्पियनसिप : नेपालद्वारा श्रीलङ्का ३–२ ले पराजित

माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो । नेपाल लगातार दोस्रो खेलमा विजयी भएको हो । यसअघि पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गरेको थियो । श्रीलङ्काविरुद्धको खेलमा नेपालका लागि सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गर्नुभ...

इपिएलमा पोखराको पहिलो जित

काठमाडौं । पोखरा राइनोजले ललितपुर प्याट्रीयट्सलाई ९ विकेटले पराजित गर्दै चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा ललितपुरले दिएको ५२ रनको सामान्य लक्ष्य पोखराले ६ दशमलव ३ ओभरमा एक विकेट गुमाएर भेटायो । पोखराको जीतमा रिचार्ड लेभीले अविजित रहदै ३८ रनको योगदान दिए । उनले २२ बलमा ५ चौका र १ छ...

साफ च्याम्पियनसिपको लागि नेपाली टोलीको घोषणा

काठमाडौँ । साफ च्याम्पियनसिप २०२१ मा सहभागी हुने नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आइतबार २३ सदस्यीय टीम घोषणा गरेका हुन् । माल्दिभ्समा असोज १५ देखि ३० सम्म हुने प्रतियोगिताको तयारीका लागि हाल नेपाली टिम कतारमा छ । नेपाली टोलीबाट त्यहाँबाट माल्दिभ्स जानेछ ।  टिममा किरण लिम्बू, दीप कार्की, विशाल श्रेष्ठ, दिनेश राजवंशी, सुरज ठकुरी, अन्तत तामाङ, ...

आइपीएल क्रिकेटमा कोलकाताद्धारा मुम्बई इन्डियन्स ७ विकेटले पराजित

ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ । आबुधाबीमा गएराति भएको खेलमा मुम्बइले दिएको १ सय ५६ रनको लक्ष्य कोलकाताले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा ग¥यो । उसका लागि राहुल त्रिपाठीले अविजित ७४ रनको योगदान दिए । भेन्कटेश आयरले ५३ रन जोडे । बलिङतर्फ मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको म...

विजया दशमीको अवसरमा साविक आग्रा स्तरीय फुटबल प्रतियोगिता हुँदै

मकवानपुर । रामचन्द्र मोक्तान : मकवानपुर को थाहानगरपालिका वडा नम्बर ७ स्थित किटेनी चौर महादेव खर्क फुटबल मैदानमा विजया दशमीको अवसरमा साविक आग्रा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । २०७८ सालको विजया दशमीको शुभ अवसर पारी देउखेल युवा विकास क्लबको आयोजनामा आउँदो असोज महिनाको २६ गतेबाट साविक आग्रा स्तरीय फुटबल प्रतियोगिता हुन लागेको प्रतियोगिताका संयोजक बल बहादुर गोङ्बाले जानकारी दिए । राष्ट्रक...

टोकियो ओलम्पिकमा सरस्वती छनौट चरणबाटै बाहिरिइन

काठमाडौं । टोकियो ओलम्पिक २०२० अन्तरगत आज नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको पराजयसँगै ओलम्पिक यात्रा पनि सकिएको छ । एथलेटिक्सको आज विहान भएको १०० मिटरको महिला दौड प्रतिष्पर्धामा नेपालकी सरस्वती चौधरीले यसअघि साफमा आँफैले बनाएको किर्तिमान समेत कायम राख्न सकिनन् । छनौट चरणको ९ जना सम्मिलित प्रतिष्पर्धामा सरस्वती आठौं भएकी थिइन । साफको महिला १०० मिटर दौडमा उनको रेकर्ड १२.५५ सेकेण्ड रहेक...