अत्यावश्यक बाहेक राहदानी नबनाउन मकवानपुर प्रशासनको आग्रह

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले अत्यावश्यक बाहेक राहदानी नबनाउन जिल्ला वासिलाई आग्रह गरेको छ । राहदानी विभागले ३ महिनाभित्र विद्युतीय राहदानी जारी गर्न लागेको भन्दै हाललाई अत्यावश्यक बाहेक राहदानी नबनाउन आग्रह गरेको हो । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बुधबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले विद्युतीय राहदानी जारी गर्न सुरु गरेपछि व...

तामाङ कलाकार संघ मकवानपुरद्वारा हेल्प डेस्क मकवानपुरलाई सहयोग

मकवानपुर । रामचन्द्र मोक्तान,  मकवानपुरको हेटौंडा अस्पतालभित्र सञ्चालनमा रहेको हेल्प डेस्क मकवानपुरलाई तामाङ कलाकार संघ मकवानपुरले सहयोग गरेको छ । मकवानपुर खेलकुद विकास समितिका अध्यक्ष तथा तामाङ कलाकार संघ मकवानपुरका प्रमुख सल्लाहकार सानु लामाको समन्वयमा तामाङ कलाकार संघ मकवानपुरद्वारा ५० कार्टुन खानेपानी र २५ प्याकेट मास्क वितरण गरेको मकवानपुर कलाकार संघका अध्यक्ष धिरेन्द्र लामाले जानकारी दिए ...

आजबाट तीन दिन मकवानपुरका केहि स्थानमा विद्युत अबरुद्ध हुने

काठमाडौं । आजबाट तीन दिन मकवानपुरका केही स्थानमा विद्युत अबरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्र अन्तर्गत युनिलिभर फिडर अन्तर्गत केही भागको तारहरु फेर्नु पर्ने भएकोले आज २३ गतेदेखि २५ गतेसम्म तीन दिन बिहान १०:०० बजेदेखि बेलुका ६:०० बजेसम्म युनिलिभर फिडर हेटौंडा १९ वस्तिपुरदेखि मनहरी गाउँपालिकाको लोथर सम्म तथा राक्सिराङ गाउँपालिकाको सम्पुर्ण क्षेत्रहरूमा विद्युत अबरुद...

मकवानपुरमा करेन्ट लागेर एक दम्पतीको मृत्यु

काठमाडौं । मकवानपुर हेटौंडामा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं ९ शान्तिचोक बस्ने ३५ वर्षीय समीर पाख्रीन र उनको श्रीमती ३० वर्षीया अन्सु पाख्रीन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार बिहान ९ बजे पाख्रीन दम्पतीले आफ्नो घरको मिटर बक्समा झोलिएको तारलाई ...

कुलेखानी फाखेल सडकखण्ड आजदेखी एक महिना बन्द

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तर्गत पर्ने कुलेखानी फाखेल सडकखण्ड आजदेखी एक महिना बन्द हुने भएको छ । कुलेखानी फाखेल सडकखण्ड पुनः मर्मत सम्भार गर्नका लागि आज चैत २८ गतेदेखि बैशाख २८ गतेसम्मका लागि बन्द हुने भएको बागमती प्रदेश यातायात पुर्वाधार विकास निर्देशनालयले जनाएको छ । कुलेखानीको हेबिदेखी महालक्ष्मी हुँदै फाखेल र काठमाडौको सिमानामा पर्ने फर्पिङ सम्मको सडकको ढलान, ढल निका...

थाहानगरको राम्चेमा ५० प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण

काठमाडौं । मकवानपुरको थाहानगरपालिकाको राम्चेमा ५० प्रतिशत अनुदानमा कृषकलाई कृषि सामाग्री वितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइ पालुङ मकवानपुरले ३५ जना कृषकलाई ५० प्रतिशत अनुदानको विभिन्न कृषि सामाग्री तथा विउविजन वितरण गरेको छ । थाहानगरपालिका वडा नं ७ राम्चेमा क्रियाशिल पारिजात कृषक समूहमा आवद्ध ३५ जना कृषकहरुलाई १५० प्याकेट बन्दा , १५० प्याकेट काउली , १५० ड...

हेटौंडामा चोरीको मोटरसाइकल सहित एकजना पक्राउ

काठमाडौं । चोरीको मोटरसाइकल सहित मकवानपुर हेटौंडाका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा ११ का ३३ बर्षिय विजय लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । फागुन २३ गते ओखलढुंगा घर भइ हाल हेटौंडा ४ बस्ने प्रेमबहादुर तामाङको जिल्ला प्रहरी कार्यालय अगाडि पार्किङ गरि राखेको ना ३३ प ६२५८ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको हो । मोट...

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

विराटनगर । कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचाररत दुई जना सङ्क्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५ निवासी ५० वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको केन्द्रका प्रमुख व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । उनमा यही असोज २१ गते कोरोना पोजेटिभ देखिएकोमा श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि सोही दिन केन्द्रमा भर्ना गरिएको थियो । उनी उच्चरक्तचाप, मधुमेह र पि...

घरविहीनहरुलाई एकीकृत बस्ती निर्माण गर्ने गरी प्रदेश सरकार अगाडि बढ्ने

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ढोरपाटन नगरपालिकामा आएको बाढी पीडित परिवारले चाहे अनुसारको घर निर्माणमा सहयोग गर्ने बताएका छन् । राहत सामग्रीसहित बाढीग्रस्त क्षेत्र पुगेका मुख्यमन्त्री गुरुङले बाढी पीडितका साथमा प्रदेश सरकार रहेको बताउँदै घरविहीनहरुलाई एकीकृत बस्ती निर्माण गर्ने गरी प्रदेश सरकार अगाडि बढ्ने बताए। उनले नगरपालिकाले जग्गा व्यवस्थापन गरे सङ्घ र प्रदेश मिल...

झन्डा जलाएर भिडियो बनाउने एक पक्राउ, बाकीँको खोजि कार्य जारी

२ भदौ, काठमाडौं । सोमबार एक युट्युव च्यानल मार्फत सार्वजनिक भएको ‘देशद्रोही’ नामको म्युजिक भिडियोमा नेपालको झणन्डा जलाएर भिडियो बनाउनेको चौतर्फी बिरोध भएपछि प्रहरीले अनुसन्धान थालेको छ । धेरैले उक्त गीतका गायकलाई कडा कारबाहीको माग गर्दै सामाजिक संजालमा बिरोध गरेका छन् भने भिडियोलाई हटाउन समेत माग गरिएको छ । नेपालको झन्डा जलाउँदै गरेको भिडियो बनाएर युट्युबमामा राख्नेमध्येका एक जनालाई भने प्रहरील...