थप २६०७ मा कोरोना पुष्टि,२१४१ जना संक्रमणमुक्त

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण हुने मृत्युदरमा निरन्तर कमी आएको छ । पछिल्लो २४ घण्टामा नेपालमा संक्रमणबाट ३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाबाट हालसम्म नेपालमा मृत्यु हुनेको संख्या ८ हजार ५९७ रहेको छ । नेपालमा संक्रमितमध्ये मृत्यु हुने प्रतिशत १ दशमलव ४० प्रतिशत रहेको छ । नेपालमा अहिलेसम्म जम्मा ६ लाख ४ हजार ४० जना संक्रमित भएका छन् ।गत २४ घण्टामा ...

जन्म दिनको अवसरमा महिला जनप्रतिनिधि सुमित्रा थिङद्वारा खाद्यान्न सहयोग

मकवानपुर । रामचन्द्र मोक्तान : मकवानपुर को भिमफेदी गाउँपालिका वडा नम्बर १ नेपाली कांग्रेसबाट निर्वाचित महिला वडा सदस्य सुमित्रा थिङले आफ्नो जन्म दिनको अवसरमा खाद्यान्न सहयोग गरेकी छिन् । विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ संक्रमणका कारण नेपाल सरकारले गरेको निषेधाज्ञाको मारमा पर्दा समस्यामा परेका भिमफेदी १ का अति विपन्न ९ घर परिवारलाई प्रती परिवार २० किलो चामल ,२ किलो दाल ,१ प्याकेट तेल र २ थान ...

मकवानपुरमा आज बुधबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । मकवानपुरमा आज बुधबार थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा ७३ जनाको संकलन गरिएको स्वाबबाट २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हेटौंडाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए । कोरोना संक्रमित मध्येमा १२ जना पुरुष र ९ जना महिला रहेका छन् l पुरा विवरण सहित ।...

धादिङ थाक्रेको प्रत्येक घर घरमा आकाशे पानी संकलन ट्याङ्की

धादिङ । रामचन्द्र मोक्तान : धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ पोखरी चौर स्थित प्रत्येक घर घरमा आकाशको पानी संकलनका लागी ट्याङ्की रहेको छ । धादिङको थाक्रे गाउँपालिका अन्तर्गत पर्ने उक्त ठाउँ गाउँपालिकाकै सबैभन्दा उच्च स्थानमा पर्दछ ।कतैबाट पनि खानेपानी नआउने र घरायसी प्रयोगमा समेत पानीको अभाव भएपछि पहिल्यै प्रत्येक घर घरमा आकाशको पानी संकलन गर्नका लागि ट्याङ्की निर्माण गरिएको स्थानीय अगुवा य...

थप २०१४ मा कोरोना संक्रमण, ५२ को मृत्यु, ३०८२ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप २०१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०१४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१४२१६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३०८२ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ५२ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ८५५८ पुगेको छ । बुधवार पुष्टि भएकाम...

पहोरो जाँदा भिमफेदी कुलेखानी सडक अवरुद्ध

काठमाडौं । निरन्तर परेको वर्षाका कारण काठमाडौं ,हेटौंडा जोड्ने छोटो दुरिको भिमफेदी कुलेखानी सडक खण्डमा पहिरो जाँदा बाटो अवरुद्ध भएको छ । भिमफेदी कुलेखानी सडक खण्ड अन्तर्गत भिमफेदी ६ देउराली र चिसापानी गढी बीच सडक खण्डमा पहिरो बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । प्रहरी , स्थानीय र सडक निर्माण टोलिले पहिरो पन्छाउने कार्य भइरहेको...

थाक्रेमा वडाको तर्फबाट एकल महिलालाई लत्ताकपडा वितरण

काठमाडौं । रामचन्द्र मोक्तान : धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ मा वडाको तर्फबाट एकल महिलालाई लत्ताकपडा वितरण गरेका छन् । आइतबार थाक्रे ५ वडा नम्बर ५ मा वडाको तर्फबाट १०५ जना एकल महिलालाई ब्लाङ्केट ,पछ्यौरा र छाता वितरण गरिएको थाक्रे ५ का वडा सदस्य तथा पालिका सदस्य रजनी लामाले जानकारी दिइन । महिला लक्षित कार्यक्रम अन्तर्गत रु १ लाख २० हजारबाट उक्त सामाग्री वितरण गरिएको सदस्य लामाले बताइन्...

थाहामा वाइसीएल नगर कमिटीको समन्वयमा विपन्न परिवारलाई खाद्यान्न सहयोग

काठमाडौं ।  रामचन्द्र मोक्तान : मकवानपुर को थाहानगरपालिका वडा नम्बर १ र ११ का विपन्न परिवारलाई थाहा नगर कमिटी वाइसीएलको समन्वयमा नेकपा माओवादी केन्द्रको सहकार्यमा विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । थाहा १ स्थित ५ परिवार र थाहा ११ का १ परिवारलाई प्रती परिवार १ बोरा चामल ,२ किलो नुन ,२ किलो दाल ,२ लिटर तेल सहयोग प्रदान गरिएको माओवादी केन्द्र मकवानपुर जिल्ला सदस्य तथा इन्द्रसरोवर इन्चार्...

मकवानपुरमा निषेधाज्ञा एकसाता लम्ब्याउने निर्णय

काठमाडौं । मकवानपुरमा जारी निषेधाज्ञा एकसाता लम्ब्याउने निर्णय गरेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले असार ७ गते सम्म केहि खुकुलोका साथ निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । बिहान ४:०० बजेदेखि १०:०० बजेसम्म अत्यावश्यक उपभोग्य वस्तु , खाद्यान्न र पुस्तक तथा स्टेसनरी पसल ,कम्प्युटर तथा मोबाईल मर्मत पसल सञ्चालन गर्न पाउने जनाएको छ । त्यसैगरी बैंक, इन्स्योरेन्स ...

थाहानगर एमाले पार्टी अध्यक्षद्वारा खाद्यान्न सहयोग

काठमाडौं । रामचन्द्र मोक्तान : मकवानपुरको थाहानगरपालिका  एमाले पार्टी अध्यक्षद्वारा थाहानगर ७ को वडा कार्यालयलाई खाद्यान्न सहयोग गरेका छन् । थाहानगरपालिका एमाले नगर पार्टी अध्यक्ष अच्युतम ढकालद्वारा आफ्नो व्यक्तिगत तर्फबाट १० बोरा चामल ,२५ किलो दाल ,दुई कार्टुन तेल र ५ कार्टुन चाउचाउ सहयोग प्रदान गरिएको थाहानगर ७ का वडा अध्यक्ष सनम सिं मुक्तानले जानकारी दिए । सहयोग प्रदान गर्नुभएकोमा वडाको त...