मकवानपुरमा जापानी इन्सेफलाइटिसबाट तीनजनाको मृत्यु

हेटौंडा । मकवानपुरमा जापानी इन्सेफलाइटिस सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार सङ्क्रमणबाट जिल्लाको बकैया गाउँपालिका–७ का दुई जना र हेटौँडा उपमहानगरपालिका–३ बसामाडीका एक जनाको मृत्यु भएको छ । बागमती गाउँपालिका–४ बस्ने वर्ष ४८ की सुस्मिता गोले उक्त रोगको सङ्क्रमण्बाट गम्भीर बिरामी भई थप उपचारका लागि चितवनको भरतपुर अस्पतालमा पठाइएको र उनको अहिले उपचार भ...

कोरोना सङ्क्रमण बढ्यो, भेरियन्टको नयाँ प्रजातिबारे अध्ययन हुँदै

काठमाडौं । पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ। भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैनजस्तो गरी स्वास्थ्यका मापदण्ड पालना नगर्नुजस्ता कारणले सङ्क्रमण बढेको पाइएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भारतमा सङ्क्रमण बढेसँगै नेपालमा पनि सङ्क्रमण बढेको बताए। उनका अनुसार ०.५ प्रतिशतसम्म झरेको सङ्क्रमणको दर अहिले ६ प्रतिशत पुगे...

काठमाडौं उपत्यकामा १४ जनामा हैजाको संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा असार २ देखि बुधबारसम्म गरिएको परीक्षणमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको हो । मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले आरडीटी र ह्याङ्गिङ ड्रप विधिबाट परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएकी छन् । उनका अनुसार ललितपुरमा संकलन गरिएको १८ वटा नमुनामध...

हरेक हप्ता रक्तदान कार्यक्रम आयोजना गर्छौ : ताराबहादुर कुँवर

काठमाडौँ । काठमाडौँ उपत्यकामा रगत अभाव भइरहेको बेलामा हजुरलाई नमस्कार परोपकारी संस्थाको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । संस्थाले नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आज वाफलमा आयोजना गरेको कार्यक्रममा ५५ व्यक्तिले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा बोल्दै नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले रगत अभाव भएको बेलामा रक्तदान कार्यक्रम राखेर परोपकारी संस्थाले राम्...

लुबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा (लु)बाट जोगिन आग्रह गरेको छ । गर्मीयाम बढेसँगै तराईमा तातो हावा चल्न थालेकाले मन्त्रालयले सूचना जारी गर्दै लुबाट बच्न दिउँसो घरबाट ननिस्कन आग्रह गरेको छ । बाहिर निस्कनै परे पातलोे कपडाले टाउको छोप्ने वा छाता ओढ्ने, फलफूलको रस वा पानी पिउने, धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने, चिसो पानीले नुहाउने, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका...

खानिखोलामा फागुन २१ गते बृहत स्वास्थ्य शिविर हुदैं

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको खानिखोला गाउँपालिका वडा ५ मा रहेको जनविकास उच्च मा.वि. तालढुंगामा आगामी फागुन २१ गते एक दिने बृहत निः शुल्क स्वास्थ्य शिविर हुने भएको छ । खानिखोला गाउँपालिकाको आयोजनामा खानिखोला मिडिया हाउसको संयोजकत्व तथा अमर ज्योति यूवा क्लब र तामाङ युवा एकता समाजको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागिएको हो । शिविरमा नेपाल मेडिकल कलेज र चाईना हस्पिटल बौद्धका विश...

थप १२ हजार आठ जनामा कोरोना सङ्क्रमण,८ को मृत्यु

काठमाडौं । नेपालमा थप १२ हजार आठ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २५ हजार ९०९ को परीक्षण गर्दा १२ हजार आठजनामा सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या ८८ हजार ९३४ पुगेको छ । पछिल्लो समय तीन हजार ४० जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख २७ हजार २७९ पुगेको छ । यस्तै, आज आठ जनाको सङ्क्रमणका कार...

उपत्यकामा ३७९१ सहित ६४६२ मा कोरोना पुष्टि,४ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६४६२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६४६२ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । संक्रमित मध्ये काठमाडौं उपत्यकाका ३७९१ जना छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । त्यस्तै १४१६ जना संक्रमणमुक्त भएका छन् । क्वारेन्टाइनमा १४९ जना रहेका मन्त्रालयले जनाएको छ ।...

थप ११,३५२ मा कोरोना संक्रमण,४ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हो । १८ हजार ७८ नमुनाको पीसीआर टेष्ट गर्दा ९ हजार ५०२ तथा ५ हजार ३३१ नमुनाको एन्टीजेन टेष्ट गर्दा १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये ६ हजार ३४३ जना काठमाडौं उपत्यकाका छन् । जसमा काठमाडौंका ४ हजार ...

कोभिड–१९ विरुद्धको खोप कार्ड हराए के गर्ने त ?

काठमाडौँ । सरकारले यही माघ ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरस विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ । सरकारले खोप कार्ड अनिवार्य गरेसँगै केही मानिसको खोप लगाएको कार्ड हराएकोले नयाँ प्रतिलिपि बनाउनुपर्ने हुन्छ । पहिले लगाएको खोप कार्डका आधारमा बुस्टर डोज दिइने भएकाले खोप कार्ड अनिवार्य नै चाहिन्छ । त्यसैले अब खोप कार्ड हराए के गर्ने त ? स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ह...