काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अहिले सञ्चालन भइरहेका सबै परीक्षा स्थगित गरेको छ । बिहीबार बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार त्रिवि केन्द्र र अन्तर्गतका क्याम्पसहरुमा परीक्षार्थी, कर्मचारी र प्राध्यापकहरूमा समेत कोरोना संक्रमण देखिएका कारण सबै परीक्षा कार्यक्रम रोक्नुपरेको बताए । ...
शिक्षा
माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस
काठमाडौँ । कोभिड संक्रमण बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले देशभरका विद्यालयहरू माघ १५ गतेसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । आइतबार बसेको सीसीएमसी व्यवस्थापन समितिको बैठकले १८ वर्षमुनिका बालबालिकालाई लक्षित गर्दै हिउँदे बिदाको रुपमा विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको हो । देशभरका विद्यार्थीहरूले पूर्ण रुपमा खोप नलगाएको र संक्रमण बढ्दै गए...
थाहानगरका विद्यालय भोलि आइतबारबाट खुल्ने
मकवानपुर । मकवानपुरको थाहानगरपालिकामा रहेका निजि तथा सामुदायिक विद्यालय भोलि आइतबारबाट संचालनमा आउने भएको छ । बैशाख १४ गतेदेखि बन्द रहेका विद्यालयहरु भोलि आइतबारबाट संचालनमा आउने भएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरको भदौ १७ गतेको निर्णय बमोजिम हिजो बसेको नगर शिक्षा समितिको बैठकले विद्यालय भौतिक रूपमा संचालन गर्ने निर्णय गरेको नगर शिक्षा अधिकारी शोभाकर रेग्मीले जानकारी दिए । बैठकले ...
कक्षा १२ को परीक्षा स्थगित
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । शनिबार बसेको बोर्ड बैठकले साउन ३१ गतेदेखि हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । परिस्थिति अनुकूल भएपछि पुनः परीक्षा सञ्चालन गर्ने निर्णय समेत बोर्डले गरेको छ । पुनः हुने परीक्षा बारे १५ दिन अघि जानकारी दिने बोर्डले जनाएको छ । यसअघि एक महिना अघि परीक्षा तालिका सार्वजनिक गरिन्थ्यो । गतवर्ष कक्षा १२ को परीक्षा मंसिरमा ...
एसईईको नतिजा सार्वजनिक
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । शनिबार बसेको परीक्षा बोर्डको बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको हो । ५ लाख १७ हजार विद्यार्थीले एसईई दिएका थिए । विद्यालयले पठाएको अंकलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो । जसअनुसार ५ लाख १७ हजार १ सय २२ जनाले परीक्षा फारम भ...
कक्षा १२ का विद्यार्थीलाई परीक्षाअघि विद्यार्थीलाई खोप दिन संसदीय समितिको सुझाव
काठमाडौँ । संसदीय समितिले कक्षा १२ का विद्यार्थीलाई परीक्षाअघि खोपको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ का विद्यार्थीलाई खोपको व्यवस्था गर्न निर्देशन दिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीसँगको छलफलपछि समितिले कोरोना संक्रमणका कारण परीक्षामा सहभागी हुन नसक्ने विद्यार्थीलाई दोस्रो चरणमा परीक्षा दिन पाउने व्यवस्था मिलाउन...
भौतिक उपस्थितिमा पठनपाठन नगराउन हेटौंडा उपमहानगरको आग्रह
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा नगर भित्रका सामुदायिक र संस्थागत विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन नगराउन आग्रह गरेको छ । हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयले सोमबार एक सूचना जारी गर्दै भौतिक उपस्थितिमा पठनपाठन नगराउन भनिएको छ । हाल सम्म पनि कोभिड १९ संक्रमणको जोखिम रहेकोले नगर भित्रका केहि विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गरेको सूचना प्राप्त भएकोले भौतिक उपस्...
नेपाल तामाङ शैक्षिक परामर्श संघद्वारा नि:शुल्क स्वास्थ्य शिविर तथा शैक्षिक सामाग्री वितरण
काठमाडौँ । नेपाल तामाङ शैक्षिक परामर्श संघ (ATEC NEPAL)ले मेलम्ची बाढीपीडितलाई नि:शुल्क स्वास्थ्य शिविर तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।मेलम्ची नगरपालिका-११ का वडा अध्यक्ष रुद्रप्रसाद दुलालको प्रमुख आतिथ्यमा वि.स. २०७८ असार १९ गते शनिबार एक कार्यक्रमको आयोजना गरी संघले नि:शुल्क स्वास्थ्य शिविर तथा शैक्षिक सामाग्री वितरण गरेको हो । नेपाल तामाङ शैक्षिक परामर्श संघ (ATEC NEPAL)को विशेष पहलमा प...
एसईईको नतिजा आन्तरिक मूल्यांकनबाट गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं । सरकारले यस वर्षको माध्यमिक कक्षा परीक्षा (एसईई) को नतिजा पनि आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले एसईई परीक्षाको नतिजा आन्तरिक मुल्यांकन विधि अनुसार गर्ने निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यससम्बन्धी प्रस्ताव बैठकमा पेश गरेका थिए । राष्ट्रिय परिक्षा बोर्डले आइतबार एसईई परीक्षा वैकल्पिक विधिबाट गर्न मन्त्...
एसईई र कक्षा १२ को परीक्षा स्थगित
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको बोर्ड बैठकले जेठ १३ गतेदेखि सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको जानकारी दिएका छन् । त्यस्तै बोर्ड बैठकले एसईई र कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्न सकिन्...
- 1
- 2
- 3
- …
- 16
- Next Page »