हामी दल दलमा छौं हामी दलदलममा छौं जो दलमा छौं ती पनि दलदलमा छौं जो दलबाहिर छौं ती पनि दलदलमा छौं ! लाग्छ- देशै एउटा ठूलो दलदल हो दलहरू दलदल हुन राजनीति दलदल हो हामीले अग्रगमन भनेर निकालेको जुलुस कुन दलदलमा पुगेर फस्ने हो ? निदाउनुअघि पनि यही चिन्ता लागिहन्छ ! कोही दक्षिणको दलदलमा कोही उत्तरको दलदलमा कोही पश्चिमको दलदलमा कोही निराशाको कोही दिशाहीनताको कोही अकर्मण्यताको कोही ...
कविता ‘दलदल’ – बलराम तिमल्सिना
