सबै विदेशी सेनाले निर्धारित मितिमै अफ्गानिस्तान छाड्नुपर्ने तालिवानको अडान

तालिवान लडाकूहरुले सेप्टेम्बरपछि अफगानिस्तानमा अमेरिकी सेना रहे जुनसुकै बेला कारवाही गर्ने चेतावनी दिएको छ । अमेरिकाले यसअघि नै सेप्टेम्बर ११ पछि आफ्ना सबै सेना फिर्ता बोलाउने निर्णय गरिसकेकाले फेरि पनि विभिन्न बहानामा ती सैनिक अफगानिस्तानमा रहे कारवाही गर्ने चेतावनी तालिवानले दिएको हो । अमेरिकाले कुटनीतिक नियोग र काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि करिब एक हजार जना अमेरिकी...

अफगानिस्तानको कन्दहार तालिबानको नियन्त्रणमा

अफगानिस्तानको प्रमुख विद्रोही तालिबान समूहले रातभरको सङ्घर्ष पश्चात् कन्दहार जिल्लालाई आफ्नो नियन्त्रणमा लिएको छ । अमेरिकी सेनाले यही जुलाई महिनाभित्रै अफगानिस्तान छाड्ने तयारी गरेसँगै तालिबान समूहले अफगानी सरकारी सेनाविरुद्ध आक्रामक कारबाहीलाई तिब्र बनाएको छ । कन्दहारलाई तालिबान समूहले आफ्नो प्रमुख गढको रुपमा लिने गर्दछन् ।गत मे महिनादेखि नै अफगानिस्तानका ग्रामीण क्षेत्रहरुलाई तालिबान समूहले ...

ट्युनिसियामा डुंगा दुर्घटना हुँदा ४३ जनाको मृत्यु

अफ्रिकाबाट युरोपका लागि प्रस्थान गरेका आप्रावासीहरु चढेको डुंगा ट्युनिसिया नजिक दुर्घटना हुँदा ४३ जनाको मृत्यु भएको छ। लिबियाको जुवारा बन्दरगाहबाट छुटेको डुंगा भुमध्य सागर पार गर्नेक्रममा ट्युनिशियाको जार्जीस नजिक डुबेको हो । १ सय २७ जना आप्रावासी चढेको उक्त डुंगा डुब्दा ८४ जनाको उद्धार गरिएको छ । मृत्यु हुनेहरुमा अधिकांश महिला र बालबालिका रहेका छन् । डुंगामा लिबिया, सुडान, बंगलादेश, इजिप्ट ...

जापानमा भारी वर्षापछि आएको बाढीमा परी बीस जना बेपत्ता

मध्य जापानको सिजुको जिल्लामा शुक्रबार रातिदेखि आएको भारी वर्षा र त्यसपछि आएको बाढीमा परी कम्तीमा पनि २० जना मानिस हराएका छन् । सिजुको जिल्लाको अतामी भन्ने गाउँमा अविरल वर्षापछि आएको बाढीले त्यहाँका कम्तीमा पनि १० ओटा घर बगाएको छ र ती घरमा रहेका २० जना नागरिक हराएका छन् । शनिबार बिहानदेखि हराएका उनीहरुको खोजी कार्य जारी रहेको भए पनि उनीहरु भेटिएका छैनन् । उक्त गाउँका १० घर अविरल वर्षापछि आएको बा...

साउदी अरबले युएई, इथियोपिया, भियतनामबाट आउने यात्रुलाई प्रवेश नदिने

साउदी अरबले कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि भन्दै छिमेकी मुलुकहरू संयुक्त अरब इमिरेट्स (यूएई), इथियोपिया र भियतनामका नागरिकहरूको प्रवेशमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेको छन् । साउदी अरबको राज्य सञ्चालित संस्था एसपीएले सरकारी अधिकारीलाई उद्धृत गर्दै भनेको छ, साउदी अरबबाट विदेश जान चाहने आफ्ना नागरिकलाई भने आधिकारिक सरकारी निकायबाट अनुमति पाएपछि मात्...

समृद्ध चीनको सपना साकार भएको राष्ट्रपति सीको भनाइ

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को स्थापनाको १०० औँ बर्ष पूरा भएको अवसरमा चीनको राजधानी बेइजिङमा भब्य समारोहका साथ सीपीसीले स्थापना दिवस मनाएको छ । समारोहलाई्सम्बोधन गर्दै चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का महासचिव सी चिङफिङले चिनियाँ जनतालाई कुनै पनि विदेशी तागतले हराउन नसक्ने बताए । बिहीबार बिहान राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा आयोजित भव्य समारोहलाई सम्बोधन गर्दै सीले कुनै पनि ...

चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्ष मनाउँदै

चीनले सत्तारुढ कम्युनिस्ट पार्टीको स्थापना भएको एक सय वर्ष पुगेको उत्सव मनाइरहेको छ । अधिकारीहरूले कार्यक्रमबारे खुलाएका छैनन् तर राष्ट्रपति सी जिन्पिङले बिहीवार एउटा मन्तव्य दिने बताइएको छ । चीनमा कैयौँ ठूलो स्तरका कार्यक्रमहरू हुँदै आएका छन् र हालैका साताहरूमा पार्टीले स्वीकारेको चीनको इतिहासबारे सञ्चारमाध्यममा कार्यक्रमहरूलाई प्राथमिकतासाथ स्थान दिइएको छ । हङकङले पनि उही मितिमा गरेको हस्तान्...

विश्वमा १६ करोड ७५ लाख मानिस संक्रमणमुक्त

विश्वमा १६ करोड ७५ लाख ५४ हजार ६ सय भन्दा बढी व्यक्ति कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यस्तै विश्वभर संक्रमितको संख्या १८ करोड २९ लाख ७५ हजार ५३० पुगेको छ । संक्रमितमध्ये १ करोड १४ लाख ५८ हजार भन्दाबढी सक्रिय संक्रिमतको संख्या रहेको छ । जसमध्ये ७९ हजार २ सय बढीको अवस्था गम्भीर रहेको छ । यस्तै विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३९ लाख ६२ हजार ७८१ पुगेको छ । कोरोनाका कारण व...

चरम गर्मीका कारण क्यानडाको जनजिवन अस्तव्यस्त,६० भन्दा बढीको मृत्यु

अत्यधिक गर्मीले क्यानडामा ६० जना भन्दा बढीको मृत्यु भएको छ । पश्चिमी प्यासिफिकको तटिय क्षेत्रमा चलेको तातो हावाले जनजिवन अस्तव्यस्त बनाएको छ । ब्रिटिश कोलम्बिया प्रान्तको लिएटन शहर गर्मीबाट सबैभन्दा बढी प्रभावित भएको छ । अधिकारीहरुका अनुसार पछिल्लो दुई दिनमा ६० भन्दा बढीको आकस्मिक मृत्यु भएको छ । चरम गर्मीका कारण ज्यान गुमाउनेहरुमा ज्येष्ठ नागरिकहरु बढी छन् । लिएटन शहरमा हिजो अहिलेसम्मकै बढी...

इथियोपियाको तिग्रेमा सरकारको एकतर्फी युद्धविराम घोषणा

इथियोपियाको सरकारले विद्रोहीहरुको पकड रहेको क्षेत्र तिग्रेमा युद्धविरामको घोषणा गरेको छ । प्रधानमन्त्री अबी अहमदले वार्ताबाटै समस्याको समाधान गर्न तयार रहेको भन्दै युद्धविरामको घोषणा गरेको बीबीसीले जनाएको छ । लामो समयदेखि विद्रोही तिग्रे समूहको सशस्त्र द्वन्द्वका कारण हजारौं विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघले सरकार र विद्रोहीको द्वन्द्वका कारण सो क्षेत्रमा ५० लाख भन्दा बढी सर्वसाधारणलाई ...