जापान जनप्रगतिशील मञ्चको अध्यक्षमा बर्तौला चयन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को प्रवास भातृ सङ्गठन नेपाली जनप्रगतिशील मञ्च, जापान कान्तो क्षेत्रीय समितिको आठौँ अधिवेशन सम्पन्न भएको छ । शनिबार टोकियोमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा गोकर्ण बर्तौला चयन भएका छन् । अधिवेशनले बर्तौलाको नेतृत्वमा २१ सदस्यीय नेतृत्व सर्वसम्मत चयन गरेको हो । नेपाली जनप्रगतिशील मञ्च, जापान कान्तो क्षेत्रीय समितिको नयाँ नेतृत्वको उपाध्यक्षमा सुनिल देवकोटा, सागर कार...

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’ को उपाधि हिमचितुवालाई

काठमाडौं । ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवी बक्सरलाई मात्र रिङमा उतारिने सो अन्तराष्ट्रिय प्रतियोगितामा विजयी हुने उनी पहिलो नेपाली बक्सर भएका छन् । जापानको नायोगा शहरस्थित ‘नायोगा कङ्ग्रेस सेन्टर इभेन्ट हल’मा आइतबार सम्पन्न ४९ औँ सस्करणको प्रतिस्पर्धामा अन्तराष्ट्रिय बक्सर खेलाडी घिमिरेले जापानका...

जापानका नवनियुक्त प्रधानमन्त्रीद्वारा आम निर्वाचनको तयारी

जापानका नवनियुक्त प्रधानमन्त्री फुकिओ किशिदाले प्रधानमन्त्रीमा नियुक्त भएकै दिन आम निर्वाचनको तयारी थालेका छन् । उनले देशको १००औँ प्रधानमन्त्रीमा नियुक्त भएपछि आयोजित पत्रकार सम्मेलनमा निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको जानकारी दिएका हुन् । उनले यही अक्टोबर ३१ का दिन निर्वाचन गराउने तयारी गरेका जनाइएको छ । जापानको प्रतिनिधिसभाको म्याद यही अक्टोबर २१ देखि सकिन लागेको छ । त्यसैले उनले जिम्...

चिनियाँ जहाज आफ्नो प्रतिरक्षा क्षेत्रभित्र प्रवेश गरेका ताइवानको दाबी

ताइवानले ३८ वटा चिनियाँ जहाज आफ्नो हवाई प्रतिरक्षा क्षेत्रमा प्रवेश गरेको बताएको छ। यो घटना बेइजिङको अहिलेसम्मकै ठूलो घुसपैठ भनिएको छ । ताइवानको रक्षा मन्त्रालयले परमाणु बम खसाल्ने क्षमता सहितका विमानहरू ‘एयर डिफेन्स आइडेन्टीफिकेसन जोन’ भनिने आफ्नो हवाई प्रतिरक्षा पहिचान क्षेत्र भित्र दुई चरणमा प्रवेश गरेको जनाएको छ । लगत्तै ताइवानले आफ्ना लडाकु विमानहरूको परिचालन गर्नुका साथै क्षेप्यास्त्र प्र...

जापानको सत्तारुढ दलको अध्यक्षमा किशिडा निर्वाचित, चाडै प्रधानमन्त्री बन्ने

जापान । जापानको सत्तारुढ दलको नयाँ अध्यक्षका रुपमा फुमिओ किशिडा निर्वाचित हुुनुभएको छ । लिवरल डेमोक्रयाटिक पार्टी एलडीपीको निर्वाचन समितिले बुधबार उहाँलाई निर्वाचित भएको घोषणा गरेको हो । जापानका पूर्व विदेशमन्त्री समेत रहनु भएका किशिडाले २५७ मत ल्याएर जित हासिल गर्नु भएको निर्वाचन समितिले जनाएको छ । उहाँका प्रतिश्पर्धी तारो कोनोले भने १७० मत ल्याउनु भएको थियो । नव निर्वाचित अध्यक्ष किशिडा पार्...

अफगानिस्तानको हेलमन्ड प्रान्तमा दाह्री काट्न प्रतिबन्ध

तालिबानले नाइहरूले दाह्री काट्ने वा मिलाउने कुराले इस्लामको आफूहरूको व्याख्याको उल्लङ्घन गरेको बताउँदै अफगानिस्तानको हेलमन्ड प्रान्तमा त्यस्तो कार्य गर्न प्रतिबन्ध लगाएको छ । उक्त नियम तोड्ने जोकोहीलाई सजाय दिइने बताइएको छ । राजधानी काबुलका केही नाइहरूले आफूहरूलाई पनि त्यस्तै निर्देशन दिइएको बताएका छन् । उक्त निर्देशनले विगतमा जस्तै उक्त समूहको कडा शासन फर्किएको सङ्केत गरेको छ । तालिबानले वि...

कोभिड–१९ का कारण संसद विघटन हुदैनः प्रधानमन्त्री सुगा

जापानका प्रधानमन्त्री यासिहिदे सुगाले अहिले नै जापानको संसद्को तल्लोसभा हाउस अफ रिप्रेजेन्टेटिभ विघटन नहुने बताएका छन् । प्रधानमन्त्री सुगाले राजधानी टोकियोमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् । जापानमा पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको र यसका कारण राजनीतिक दल र नागरिकले पनि सरकारको विरोध गर्ने गरेका छन् । यहाँका विभिन्न विपक्षी राजनीतिक दलले यही कारणले संसद्को विघटन पनि हुनसक्न...

तालिबानद्वारा काबुल विमानस्थल प्रवेशमा थप कडाई

अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सैनिकको अन्तिम उद्धार उडानसँगै शनिबारदेखि काबुल विमानस्थल प्रवेशमा तत्कालका लागि थप कडाई गरिएकोे तालिबान समूहले बताएको छ । तालिवान समूहले अफगानिस्तानको राजधानीलगायत प्राय सबै प्रान्तलाई आफ्नो कब्जामा लिएपछि उनीहरूको शासन कठोर हुने त्रासले दैनिक हजारौँको सङ्ख्यामा अफगानहरू बाहिरिने क्रम जारी रहेकै समय तालिबान समूहले विमानस्थल प्रवेशमा कडाइ गरेको ...

टोकियो ओलम्पिकको उद्घाटनमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने

टोकियो । जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको उद्घाटन समारोहमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने अपेक्षा गरिएको छ । प्रतियोगिताका आयोजकहरुले ७० देशका खेलकुद मन्त्री पनि सहभागी हुने अपेक्षा गरिएको बुधबार जानकारी दिएका छन् ।  जापानको मन्त्रिपरिषद्का प्रमुख सचिव कात्सुनोबु कातोले पत्रकारहरुसँग भने, “१५ देश र अन्तर्राष्ट्रिय सङ्गठनका प्रमुखहरुसँगै ७० देशका खेलकुद मन्त्री...

बाढीका कारण हेनान प्रान्तमा १२ को मृत्यु,सयौं सवारी साधान पुरिए,अधिकांश घर डुबानामा

चीनमा भारी बर्षा भएको । वर्षाका कारण ठुलो बाढी आएको छ । चीनमा आएको बाढीका कारण १२ जनाको मृत्यु भएको छ भने करीब १० हजार बिस्थापित भएका छन् । मध्य चिनको हेनान प्रान्त बाढीबाट बढी प्रभावित भएको छ । दश वटा शहर बाढीको चपेटामा पर्दा त्यहाँका अधिकांश घर डुबानामा परेका छन् । दर्जनौ मानिसहरु हराइरहेका छन् । बाढीले सयौं सवारी साधान पुरिएका छन् । बाढी प्रभावितहरुको उद्धारका लागि सयौ उद्धारकर्मीहरु परिच...