तामाङपेज, २७ माघ तिब्बतको मार खाम स्थित रहेको लुन्डुप गुम्बाको एक बौद्ध भिक्षु योगि गुरु मरेर पनि २३ दिन सम्म आन्तरिक योग तपस्या बस्न सफल भएका छन् । संसारिक नजरमा बाहिरी रुपमा मरेको हो भनेर नामकरण गरे तापनि आन्तरिक रुपमा आन्तरिक आत्मा योग तपस्यामा रहेको हुँदा २३ दिन सम्म पार्थिब शरीर नगलेको,नकुहेको र नराम्रो गन्ध नआएर सुघन्धित बास्ना आएको भन्ने कुरा प्रत्यक्ष दर्शनार्थी हरुको भनाई रहेको ...
प्रबास
एनआरएनएद्वारा युएईमा ल्होसार साँझ – २०७५ सम्पन्न
तामाङपेज, २७ माघ “नेपालीका लागि नेपाली “ भन्ने मुल नाराका साथ स्थापना भएको एनआरएनए युएई, क्षेत्रीय समन्वय परिषद अलऐनले नेपालीहरूको बहु सॉस्कृतिक धरोहरलाई जीवन्त राख्ने सोचलाई अघि बढाउदै नेपाली चाडपर्वहरुको अवसरमा बिभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आईरहेको कुरा सर्वविदितै छ। सोही क्रमलाई निरन्तरता दिदै अलऐनले ल्होसारको अवसर पारी रमाईलो ल्होसार साँझ - २०७५ भब्यताका साथ सम्पन्न गरेको छ। फेब्रुव...
नव गायक मोक्तानको एल्बम विमोचन
तामाङपेज, २७ माघ पछिल्लो सांगीतिक बजारमा एकपछि अर्को नयाँ प्रतिभावान गायकहरुको उदय भइरहेको छ । कोही विभिन्न टिभी कार्यक्रमको प्रतिस्पर्धाबाट उदाउँदै छन भने कोही आफ्नै एल्बम निकालेर नेपाली सांगीतिक वृत्तचित्र भित्र पाइला सार्ने जमर्को गरिरहेका छन । यसै क्रममा काभ्रे मादन घर भई हाल रोजगारीको शिलशिलामा युएईमा रहेका एक युवा गायक प्रख्यात मोक्तानले आफ्नो नयाँ गीति एल्बम ङेङ्कोर एक कार्यक्रमको बिच...
मलेसियामा नेपालीको रहस्यमय मृत्यु
तामाङपेज, १८ माघ मलेसियामा आज फेरी अर्को एक नेपालीको मृत्यु भएको छ । मलेसियाको जोहोर राज्यमा पर्ने देसा च्याम्बरलाड़ भन्ने स्थानमा एक नेपालीको मृत्य शब फेला परेको छ । जोहोरबारु स्थित नेपाल मगर संघ क्षेत्रीय समितिका बरिष्ठ उपाध्यक्ष खेम थापा मगरको जानकारी अनुसार आज बिहान वहॉं नाईट डिउटी सकेर कोठा तर्फ जाने क्रमना वहॉंको कोठा नजिकै धेरै मानिसको भिड देखेर के भएको रहेछ भनेर बुझ्न जॉंदा एक नेपाली...
फेब्रुअरी १० मा मलेसियाको जोहोर बारुमा सोनाम ल्होछार कार्यक्रम हुने
तामाङपेज , १७ माघ सोनाम ल्होछारको अवसर पारेर फेब्रुअरी १० मा मलेसियाको जोहोर बारुमा भब्य रुपमा संगीतिक कार्यक्रम हुने भएको छ । विगत लामो समय देखि व्यवसायिक तथा रोजगारीको सिलसिलामा मलेसियाको जोहोरबारु स्थित बस्दै आउनु भएको नेपाली तामाङ समुदायको सकृय युवाहरुको सकृयतामा तामाङ जातिको उत्थान ,भाषा धर्म र साँस्कृतिको सम्बर्द्धन गरौं ,२८५५ अौं सोनाम ल्होछार फाग ड्वा ल्हो (सुंगुर बर्ग )भब्यताका साथ...
कामदारलाई तलब नदिने डब्लु.आर.पी प्यासिफिक कम्पनीलाई मानव संसाधन मन्त्रालयले कारबाही गर्ने तयारीमा
तामाङपेज , १७ माघ मलेसियाको सेलेंगर राज्य स्थित रहेको डब्लु.आर.पी प्यासिफिक कम्पनीलाई मानव संसाधन मन्त्रालयले कारबाही गर्ने भएको छ।३ महिना देखीको पारिश्रामिक नदिएको भन्दै गत आइतबार देखि मंगलबार सम्म नेपाली लगायत अन्य मुलुकका करिब दुइ हजार आप्रबाशी मजदुरहरु हड्तालमा उतीएका थिए! हातमा लाउने रबरको पन्ञा उत्पादन गर्ने उक्त कम्पनीले अघिल्लो वर्षनोभेम्बर देखि बिदेशि श्रमिकको तलब रोकेको थियो। मन्त...
मलेसियाको एक कम्पनीमा ३ महिनादेखि नेपाली मजदुरहरु आन्दोलनमा उत्रिए
मलेसियाको सेपाङ क्षेत्रमा अवस्थित एक कम्पनीमा ३ महिनादेखि काम गरेको तलव नपाएपछि २ हजार नेपाली मजदुरहरु आन्दोलनमा उत्रिएका छन। मलेसियाको सेलेंगर राज्यमा अवस्थीत डव्लु.आर.पी कम्पनीमा कार्यरत नेपाली सहित अन्य मुलुकका श्रमिक आन्दोलनमा उत्रेका हुन् । नेपाली लगायत अन्य मुलुकका मजदुरहरु रहेको उक्त कम्पनीले हातमा लाउने पन्जा उत्पादन गर्ने गर्द छ ।भने सो कम्पनी लाई नेपाल सरकारले कालो सुचिमा समेत राखिसके...
डेभिट घिमिरे र निशा श्रेष्ठको “यो मन” अब छिट्टै बजारमा
तामाङपेज, १४ माघ डेभिट घिमिरे र निशा श्रेष्ठको "यो मन" अब छिट्टै बजारमा आउने भएको छ । रोजगारको सिलसिलामा विगत ५ वर्ष देखि मलेसियामा रहेका मोडल तथा डान्सर डेभिट घिमिरे र मोडल निशा श्रेष्ठले बिलकुलै फरकपनमा अभिनय गरेको जन्म नयाँ आवाज एल्बमको गीत "यो मन"को म्युजिक भिडियो अब छिटै बजारमा आउने तयारीमा रहेको मलेसियाबाट कृष्ण गुप्ताले तामाङपेजलाई जानकारी दिनुभएको हो। मलेसियाको एकदमै रमणीय ठाउँ प...
नेपाल मगर साँस्कृतिक संघ मलेसियाको प्रथम वार्षिक उत्सव तथा माघि विशेष कार्यक्रम् हुदै
तामाङपेज, २८ पुस नेपाल मगर साँस्कृतिक संघ मलेसियाले जनवरी २० अर्थात माघ ६ गते आइतवार विहान दश बजे बागुस होटेलको छौंटौ तल्ला मलेसियामा प्रथम वार्षिक उत्सव तथा माघि विशेष कार्यक्रम् गर्ने भएको छ । भाषा,लिपि,कला संस्कृति र साहित्य रहे मात्रै जातीयताको अस्तित्व रहन्छ, जातीयताको अस्तित्व रहे मात्रै राष्ट्रियताको अस्तित्व रहन्छ भन्ने मुल नाराका साथ अनेकतामा एकताको मालामा उनिदै आजको सभ्यता भोलिको बिजे...
चीनले ब्रहृमपुत्रको सहायक नदीको पानी रोक्यो
१५ असोज, काठमाडौं । चीनले तिब्बतमा आफ्नो जलविद्युत परियोजनाका लागि ब्रहृमपुत्रको एक सहायक नदीको पानी रोकेको छ । ब्रहृमपुत्रको सहायक नदीको पानी रोक्ने खबर यस्तो समयमा आएको छ, जब भारतले पाकिस्तानसँग वर्षौं पहिले भएको सिन्धु जल सम्झौतामा पुनर्विचार गर्ने बताइरहेको छ । भारत प्रशासित जम्मू कश्मीरको उरीमा चरमपन्थी आक्रण भएपछि एक बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका थिए कि रगत र पानी ए...