कालीमाटी र बल्खु तरकारी बजारमा अनुगमन,भीड नियन्त्रण नगरिए कार्वाही गर्ने चेतावनी:मन्त्री भट्ट

काठमाडौं । तरकारी बजारमा देखिने व्यापारीको भीडभाड नियन्त्रण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट सोमबार बिहानै कालीमाटी तथा बल्खुस्थित तरकारी बजारमा अनुगमन गर्न पुग्नु भएको छ । अनुगमनको क्रममा बिहानै बल्खु र कालीमाटी तरकारी बजारमा पुग्नु भएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भट्टले बजारमा देखिएको भीड नगरिए कार्वाही गर्ने चेतावनी तरकारी व्यवसायीहरुलाई दिएका छन् । तरकारी र फलफ...

सांसद सिलवालको अनुरोधमा गिम्दीमा १० घरपरिवारलाई बाँदर धपाउने यन्त्र हस्तान्तरण

ललितपुर । जिल्लाको वाग्मती गाउँपालिका वडा नं.७ गिम्दीमा मंंगलबार प्रतिनिधि सभा सांसद नवराज सिलवालको अनुरोधमा वडाध्यक्ष नवराज संजेलले बाँदर पीडित परिवारलाई बाँदर धपाउने यन्त्र हस्तान्तरण गर्नु भएको छ ।                                                                                             वडाध्यक्ष संजेलले सांसद सिलवालको अनुरोधमा कृषकहरुलाई बाली नाली जस्तो मकै,अन्य अन्नपात जोगाउन गिम्दीका काउसे...

पोखरा कृषिको संभावना भएको ठाउँ हो- प्रतिनिधि सभा सांसद अधिकारी

कास्की ।  पोखरा महानगरपालिका वडा नं.१० अमरसिंहचोकमा रहेको आजीवन कृषि सहकारी संस्थाको दोश्रो वार्षिक साधारण सभा तथा आजीवन कृषि उपज संकलन केन्द्रको शनिबार प्रतिनिधि सभाका सांसद खगराज अधिकारीले एक समारोहकाबीच समुदघाटन गर्नु भएको छ । पोखराबाट गोर्खाली रेडियोकी स्टेशन म्यानेजर तथा संचारकर्मी खिमा गुरुङकानुसार प्रमुख अतिथि एवं प्रतिनिधि सभाका सांसद अधिकारीले उक्त कार्यक्रममा बोल्नुहुँदैं पोखरा कृषि...

सांसद संजेलद्धारा सिखर्पामा गोलभेंडा टनेल तथा खुर्सानी खेतिको निरिक्षण

ललितपुर । जिल्लाको गोदावरी नगरपालिका वडा नं.६ स्थित शिखर्पामा ललितपुर जिल्ला क्षेत्र नं.१(ख) वाग्मती प्रदेश सभा सांसद चेतनाथ संजेलले आज(शुक्रबार) कृषकहरूले लगाइएको गोलभेंडाको टनेल,खुर्सानी खेतिको निरिक्षण तथा कृषकहरुसँग भेटघाट गर्नु भएको छ । सांसद संजेलले सरस्वती कुण्ड महिला सहकारी संस्थाकी अध्यक्ष सविता नगरकोटी,सो संस्थाका प्रतिनिधिहरु,स्थानिय कृषकहरुसँग भेटघाट गर्नु भएको,गोलभेंडाको टनेल,ख...

लगातार परेको बर्षाका कारण कुलेखानीमा ढलान पुल बगायो

मकवानर । निरन्तर परेको बर्षाका कारण इन्द्रसरोवर गाउँपालिका २ कुलेखानीमा रहेको ढलान पुल बगाएको छ । लगातार परेको भारी बर्षाका कारण वडा नं २ बाट गाउँपालिका जोड्ने ढलान पुल खोलाले बगाएको र आवतजावत समेत बन्द भएको स्थानीय युकि थापाले जानकारी दिएकी छिन् । सिँचाइका लागि केही समय अघि मात्र पाइप बिछ्याइएको र सिँचाइ सन्चालन नहुँदै पाइप समेत खोलाले बगाएको छ । कुनै पनि मानवीय क्षति भने नभएको स्थानीय थापाल...

कालिका नगरपालिकाका विभिन्न वडामा बाख्रालाई पिपिआर रोग विरुद्ध खोप अभियान,८ हजार भन्दा बढी बाख्रालाई खोप लगाइयो

चितवन । कालिका नगरपालिकाका विभिन्न वडाहरुमध्ये नगरपालिकाको वडा नं.७,८ र ९ नम्बर वडा बाख्रापालक व्यवसायी कृषकहरुको फर्म तथा खोर,गोठमा रहेका ८ हजार भन्दा बढी बाख्राहरुलाई पि.पि.आर.रोग विरुद्ध खोप लगाइएको जनाएका छन् । कालिका नगरपालिका,पशु सेवा शाखाकाे सहयोगमा श्री लगनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाको समन्वयमा बाख्राहरुलाई खोप लगाइएको र अझै पनि छुटफुट तथा बाँकी स्थानहरुमा खोप लगाउने कार्...

सलहको ठूलो झुण्ड नेपाल आउने सम्भावना, सतर्क रहन आग्रह

प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले सलह किराको नयाँ झुण्ड नेपाल प्रवेश गर्ने सम्भावना बढेको भन्दै सतर्क रहन आग्रह गरेकाे छ । उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरेया आसपासमा झण्डै एक सय ५० हेक्टर जमिनमा फैलिएको सलहकाे दुई वटा ठूलो झुण्ड नेपालतर्फ अघि बढेकोले नेपालमा सतर्कता अपनाउन र पूर्वतयारी गर्न केन्द्रले अनुरोध गरेको हो । ...

लखुर टोलमा राष्ट्रिय धान दिवसको अवसरमा विविध कार्यक्रम

ललितपुर । अभियान कृषि सहकारी संस्था हरिसिद्धी शाखा ललितपुरको आयोजनामा राष्ट्रिय धान दिवसको अवसरमा सोमबार ललितपुर महानगरपालिका वडा नं.२९ स्थित लखुरटोलमा रहेको खेतमा विविध कार्यक्रम सम्पन्न गरेको छ । जेष्ठ नागरिक चतुरमनी राईको प्रमुख आतिथ्यमा र सामाजिक अभियन्ता लाक्पा फुटी शेर्पाको विशेष आतिथ्यमा संस्थाका अध्यक्ष छिरिङ लामा,उपाध्यक्ष ठटबहादुर बानियाँ,सचिव डिल्ली बेघा,कोषाध्यक्ष नरबहादुर बेघा ...

कोरोना महामारी र सलहको त्रासका बीच ललितपुरको खुमलटारमा यसरी मनाईयो रोपाईं महोत्सव

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइएको छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । ललितपुरको खुमलटारमा पनि कृषि विभाग, कृषि अनुसन्धान परिषद्ले औपचारिक कार्यक्रम आयोजना गरी रोपाईं महोत्सब मनाएको छ । कोरोना भाइरसको महामारी र सलह किराको त्रासका बीच पनि किसानलाई प्रोत्साहन गर्न कार्य...

कृषि तथा खाद्य सुरक्षा सम्बन्धी विषयमा जिम्मेवार बन्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रमुख खाद्यान्न बालीका रुपमा रहेको धानको उत्पादन बृद्धि गरी देशमा दीगो खाद्य सुरक्षा कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेर नीति तथा योजनाहरु तर्जुमा गरी कार्यान्वयनमा ल्याएको बताएका छन् । १७ औ राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले सिँचाई सुविधा बिस्तार, धान बालीको अनुसन्धान र विकास, सहुलि...