सेयर बजारका सबै सूचक घटे, एक अर्बको कारोबार

काठमाडौं, १५ भदौ    सेयर बजार परिसूचक नेप्से बुधबार झन्डै २२ अंकले घटेको छ । नेप्से आज २१ दशमलव ९७ अंकले घटेर एक हजार नौ सय ७३ दशमलव ३८ विन्दुमा झरेको छ । आज सबै समूहको सेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक, उत्पादन, जलविद्युत् र फाइनान्स समूहको सेयर भने उच्च अंकले ओेरालो लागेको छ । नेप्से दोहोरो अंकले घटेको दिन दुई सय २४ वटा कम्पनीको २९ लाख ९२ हजार कित्ता सेयर एक अर्ब १२ करोड ...

नेपालको अर्थतन्त्रलाई श्रीलङ्कासँग तुलना गर्न मिल्दैनः वाग्ले

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्रलाई श्रीलङ्कासँग तुलना गर्न नमिल्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले ‘नेपाली अर्थतन्त्रको भावी दिशा’ विषयमा बुधबार आयोजना गरेको कार्यक्रममा उनले नेपालमा श्रीलङ्काको जस्तो आर्थिक सङ्कटको स्थिति उत्पन्न नभएको तर अर्थतन्त्रका सबै सूचकलाई ठीक ढङ्गले परिचालन गर्न वित्तीय अनुशासन कायम गर्नुपर्ने बताए ।...

प्राधिकरणको ६ महिनाको नाफा १२ अर्ब

काठमाडौँ । अधिकांश सरकारी संस्थान एकपछि अर्को गर्दै घाटामा गइरहेको बेला नेपाल विद्युत् प्राधिकरणले भने उल्लेख्य नाफा कमाउन सफल भएको छ । राजनीतिक नेतृत्वको सकारात्मक दिशानिर्देश, सम्बन्धित संस्थाको कार्यकारी प्रमुखको सार्थक पहल र कर्मचारीको मेहनत हुने हो भने समस्यामा परेका सार्वजनिक संस्थानलाई नाफामा ल्याउन सकिन्छ भन्ने पछिल्लो उदाहरण प्राधिकरणले प्रस्तुत गरेको छ । उपलब्ध भएको स्रोतको समूचित प्र...

इन्टरनेटमा आधारित व्यवसाय संचालन गर्दै केटिएम विजनेस मार्ट

काठमाडौं । सुचना प्रविधिको  युगलाई मध्यनजर गर्दै इन्टरनेटमा आधारित व्यवसाय दिनानुदिन तिब्र रुपमा अगाडी बढिरहेको छ यहि क्रेजलाइ अवसर मानेर सुरु गरिएको एक मार्ट हो केटिएम विजनेस मार्ट । यसले अनलाईन सपिङ्ग बजारको मुख्य कमजोरीलाई सुक्ष्म ढंगले अध्ययन गरी व्यवस्थित रुपमा अघि बढाईरहेको देख्न सकिन्छ । विश्वमा जसरी अन्लाईन सपिङ्गको प्रचलन बढ्दै गएको छ त्यसरी नै नेपालमा पनि अन्लाईन सपिङ्गको प्रचलन बढ्दै...

मकवानपुर प्रहरीद्वारा ६० किलो अबैध लागु औषध गाँजा बरामद

मकवानपुर  । मकवानपुर प्रहरीले ६० किलो अबैध लागु औषध गाँजा बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरी र सुनाचुरी प्रहरी चौकिबाट खटिएको संयुक्त प्रहरी टोलिले शनिबार बिहान १ बजेको समयमा मनहरी गाउँपालिका वडा नम्बर ६ पुर्व पश्चिम लोकमार्ग सडक खण्डमा ६० किलो अबैध लागु औषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए । विशेष सूचनाको आधारमा पुगे...

श्रमिक जनता बचत तथा ऋण सहकारी संस्था लि.को दशौं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । श्रमिक जनता बचत तथा ऋण सहकारी संस्था लि.को दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार काठमाडौं स्वयम्भुको विजेश्वरी स्थित तामाङ कुताप रेस्टुरेन्टमा भएको सभाको उद्घाटन गर्दै प्रमुख अतिथि सीता तामाङले श्रमिक जनता नामैले आफुलार्इ उर्जा दिएको र सम्पुर्ण श्रमिकहरुलाई उर्जा दिने आधार श्रमिक जनता सहकारी रहेको बताईन् । उनले संस्थाका संस्थापकमा इमानदारी रहेकोले पनि संस्थाप्रती आफू सन्तुष...

मकवानपुरमा ६९ किलो ५०० ग्राम अबैध लागु औषध गाँजा सहित तीन जना पक्राउ

मकवानपुर  । मकवानपुरमा ६९ किलो ५०० ग्राम अबैध लागु औषध गाँजा सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिका वडा नम्बर ५ कटहरे घर भइ हाल हेटौंडा ७ कमाने बस्ने ३४ वर्षीय सिताराम मोक्तान, कैलाश गाउँपालिका वडा नम्बर १ बस्ने ३३ वर्षीय अमर बहादुर गिरी र सोही स्थान बस्ने २६ वर्षीय इन्द्रबहादुर मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर ग...

अब भाडामा बस्नेलाई पनि छुट्टै विद्युत मिटर उपलब्ध हुने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको आयात न्यूनीकरण र विद्युत खपतका नीति बनाएर प्रभावकारी कार्यान्वयन गरिने बताएकी छन् । मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले अबका दिनमा सङ्गठित क्षेत्रमा प्रयोग हुँदै आएको ग्यास चुल्होलाई विद्युतीय चुल्होले विस्थापित गर्ने नीति अख्तियार गरिएको बताएकी हुन् । विद्युत् वितरण विनियमावली २०६९ लाई परिवर्तन गरेर...

ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको चुक्ता पूँजी २३ अर्ब ७९ करोड पुगेको छ । बैंकको सोमबार १५औँ वार्षिक साधारणसभामा प्रस्तुत भएको विवरणअनुसार आर्थिक वर्ष २०७७/७८ को कूल मुनाफाबाट बैंकले आफ्ना शेयरधनीलाई प्रस्ताव गरेको १३.५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएसँगै बैंकको चुक्ता पूँजीमा वृद्धि भएको हो । बैंकले आर्थिक वर्ष २०७७/७८ मा सञ्चालन मुनाफा रु सात अर्ब नौ करोड र कर पछिको मुनाफा चार अर्ब...

मकवानपुरमा अबैध लागु औषध सहित दुई जना पक्राउ

मकवानपुर । मकवानपुरमा अबैध लागु औषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार पुर्वी चम्पारण जिल्ला मोतिहारी ग्राम आदापुर वडा नम्बर २ बस्ने २२ वर्षीय सद्दाम अन्सारी र भारत बिहार जिल्ला मोतिहारी ग्राम सिसवा सौनाह वडा नम्बर २ बस्ने १८ वर्षीय रोहान आलम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनीहरुलाई अबैध लागु औषध डाइज...