तम्बा संघ नेपालद्धारा तीन दिने कार्यशाला गोष्ठीको आयोजना



काठमाडौं । तम्बा संघ नेपालले तीन दिने कार्यशाला गोष्ठीको आयोजना गरेको छ । आइतबार काठमाडौंको बौद्धनाथ परिसरमा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले गोष्ठीको उद्घाटन गर्नु भएको हो । गोष्ठीलाई बौद्धनाथ क्षेत्र विकास समितिले आर्थिक सहयोग पनि गरेका छन्।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै क्षेत्र विकासका अध्यक्ष लामाले बौद्धनाथ क्षेत्र विकास समितिले तामाङ समुदायको भाषा संस्कृति संरक्षणमा टेवा पुर्‍याउने कार्य गर्दै आइरहेको बताए ।

तीन दिनसम्म चल्ने उक्त गोष्ठीमा तम्बा सम्बन्धी प्रशिक्षण‚ ज्ञान‚ सीप लगायतका विषयमा चर्चा परिचर्चा र भावना साटासाट गरिने आयोजकले जनाएको छ । संघका अध्यक्ष धावावाङ्गेल मोक्तानका अनुसार डा. मुक्तसिंह थोकर र परशुराम तामाङले ‘तामाङ रिमठिम र तम्बाको भूमिका’, बुद्धछिरिङ मोक्तान र धावावाङ्गेल मोक्तानले ‘छेवार–अभ्यास र व्यवहारिक पक्ष साथै विवाहको सैद्धान्तिक पक्ष’ वीरबहादुर घिसिङले ‘तम्बा नृत्य अभ्यास’ र खोजराज गोलेले ‘तामाङ ज्ञान सत्ता र तम्बा’ विषयमा प्रशिक्षण दिनेछन् ।

कार्यक्रममा रामेछाप‚ दोलखा, सिन्धुपाल्चोक‚ काभ्रे पलाञ्चोक, मकवानपुर‚ सिन्धुली लगायतबाट तम्बाखोरका सदस्यहरू सहभागी भएका छन् ।

प्रकाशित: समय: 6:49:56  157पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार