प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाको सातौं बैठक सम्पन्न


मलेसिया। प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाको सातौं बैठक सम्पन्न भएको छ। बैठक विभिन्न ऐतिहासिक निर्णय गर्दै मञ्चका अध्यक्ष दयाराम कुमालको अध्यक्षतामा सम्पन्न भएको हो।

बैठकको प्रारम्भिक चरणमा छलफल गर्दै पूर्व घोषित “पीडित श्रमिक कल्याणकारी कोष” बारे सबै रकम संकलन गर्ने जिम्मेवारी अध्यक्ष दयाराम कुमाल र सचिव कृष्ण खड्कालाई दिने निर्णय गरेको छ । बैठकले रिक्त रहेको सह-सचिव पदमा रामचन्द्र लोप्चन र जोहोर राज्य कमिटी इन्चार्जमा छबिलाल गिरीलाई मनोनीत गरेको छ भने विविध कारणले नेपाल फर्किएका पदाधिकारी तथा सदस्यहरुलाई मञ्च मलेसियालाई दिएको योगदानको कदर गर्दै धन्यवाद साथै आगामी राजनैतिक यात्राको शुभकामना व्यक्त गरेको छ।

त्यस्तै मञ्च पूर्वी एसिया कमिटीको निर्णय बमोजिम मलेसियाबाट माग भएका विभिन्न विभागीय सदस्यहरुको लागि ८ जनालाई सिफारिस गरेको छ। सिफारिस हुनेहरुमा संगठन विभागमा मञ्च मलेसिया सचीव कृष्णबहादुर खड्का, आर्थिक विभागमा मञ्च मलेसिया राज्य कमिटी अध्यक्ष गोरख खवास, ज्ञान सीप तथा प्रविधि विभागमा मञ्च मलेसिया सह-सचिव रामचन्द्र लोप्चन, महिला विभागमा मञ्च मलेसिया सदस्य तथा पेनाङ राज्य कमिटी इन्चार्ज राधिका क्षेत्री, युवा तथा खेलकुद विभागमा मञ्च मलेसिया सदस्य मिलन थिङ तामाङ, श्रम तथा रोजगार प्रवर्द्धन विभागमा मञ्च मलेसिया सदस्य खगेन्द्र श्रेष्ठ, कला साहित्य तथा साँस्कृतिक विभागमा मञ्चका उपाध्यक्ष जीवन देवान गाउँले र प्रचार प्रसार विभागमा सविनकुमार लोप्चनलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

अध्यक्ष कुमालले बैठकको समापन गर्दै मञ्च मलेसियाको ५ हजार सदस्यता बनाउने लक्ष्य रहेको हुँदा राष्ट्रिय कमिटी मलेसिया सदस्य तथा राज्य कमिटीहरुलाई सदस्य बढाउन अहम् भूमिका खेल्न सर्कुलर गरेका थिए।

प्रकाशित: समय: 6:54:48  430पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार