मलेसियाको ए फाईभ सुरक्षा गार्ड कम्पनीमा कार्यरत शेर्पालाई नेपाली राजदुतावास मलेसियाद्वारा सम्मान


मलेसियाको ए फाईभ सुरक्षा गार्ड कम्पनीमा कार्यरत दावा शेर्पालाई नेपाली राजदुतावास मलेसियाद्वारा सम्मान गरेको छ। दूतावासले शेर्पा कार्यरत कम्पनीको मालिक तथा शेर्पालाई समेत दूतावासमा नै निमन्त्रणा गरी इमानदारीताको कदर गर्दै सम्मान गरेको हो।

सोलुखुम्बु जिल्ला, दुधपोखरी नगरपालिका-१० स्थायी घर भइ हाल मलेसियाको ए फाईभ सुरक्षा गार्ड कम्पनीमा कार्यरत शेर्पाले मिति २० मार्च २०२४ को बिहान एट्रीया महल दमन्सरामा ड्युटीको क्रममा भेटिएको आर एम ५,८७,५१६ रिंगेट सहितको पैसाको झोला इमानदारीपूर्वक आफू कार्यरत कम्पनीमा बुझाएको थियो।

आफ्नो पेशागत निष्ठा तथा व्यवसायिकता प्रमाणित गरेको कारण विदेशी भूमीमा नेपाल र नेपालीको शिर उच्च बनाएकोले नेपाली राजदुतावास मलेसियाद्वारा सम्मान गरेको बताएको छ।

प्रकाशित: समय: 10:32:55  126पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार