गायक सुशील तामाङको “सेलोमा डम्फु बज्यो” गीत सार्वजनिक


युवा गायक, गीतकार तथा संगीतकार सुशील तामाङको “सेलोमा डम्फु बज्यो” भिडियो गीत सार्वजनिक भएको छ। तामाङ सेलो गीत संगीतको बजारमा एक पछि अर्को हिट गीतहरु बजारमा ल्याउन सफल युवा गायक तथ संगीतकार तामाङको “सेलोमा डम्फु बज्यो” भिडियो गीत नेपाल स्टार सिङगिङ लाइन ग्रुप (एनएसएसएलजि) अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो। गीतमा शब्द संगीत सुशील तामाङकै रहेको छ भने आवाजमा सुशीललाई सुमिना लोले साथ दिएकी छिन्।

सोनिका लामा र ईन्द्र बम्जनले निर्माण गरिएको उक्त गीतको भिडियो चर्चित छायांकार तथा भिडियो सम्पादक बिक्रम लामाले निर्देशन गरेका हुन्। गीतमा सुशिल तामाङ, लनम तामाङ, राजु सिॅ तामाङ, रबिन दोङ तामाङ, सोनी लामा र सन्जु दोङको अभिनय रहेको छ भने राजु लामाको नृत्य निर्देशन रहेको छ।

सुशील तामाङको शब्द संगीत र लनम तामाङको आवाजमा रहेका गीतहरु बेली चमेली, फोटो लाउले खिचिक्क, तामाङ सेलो ब्याटल लगायतका गीतहरु अहिले पनि उत्तिकै चर्चामा रहेका छन्।

भिडियो हेर्नुहोस्।

प्रकाशित: समय: 16:00:25  367पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार