मिस तामाङ १६ औँ संस्करणको विजेता बनिन् रिया तामाङ


काठमाडौं । मिस तामाङ १६ औँ संस्करणको विजेता रिया तामाङ बनेकी छन् । शनिवार राष्ट्रिय सभागृहमा सम्पन्न ग्राण्ड फिनालेमा १४ प्रतिस्पर्धीलाई उछिन्दै उनी विजेता बनेकी हुन् । उनलाई मिस तामाङ २०२३ की विजेता पासाङयाङ्जी तामाङले ताज पहिरिदिएकी थिइन्। प्रतियोगिताको फस्ट रनर अप स्मृति योन्जन तामाङ, सेकेन्ड रनर अप अमृता लामा तामाङ र थर्ड रनर अप पेमाडोमा लामा भएकी छन्। यस्तै फस्ट रनरअफ तामाङले मल्टिमिडिया टाइटल पनि जितेकी छन्।

प्रतियोगिताको निर्णायक मण्डलमा गायक प्रदिप बमजन‚ पूर्व मिस तामाङ सुमी मोक्तान, सांसद तारा तामाङ‚ सञ्चारकर्मी गंगा घिसिङ लगायत रहेका थिए। प्रतियोगितामा विजेताले नगद १ लाख, फस्ट रनर अफले ५० हजार, सेकेन्ड रनर अफले ३० हजार रुपैयाँको पुरस्कार सहित क्राउन र गिफ्ट ह्याम्पर पाएका छन् ।

मम्स इन्टरनेशनल नेपालद्वारा आयोजना गरिएको मिस तामाङ २०२४ मा २४ जनाले भाग लिएका थिए। तामाङ भाषा, धर्म, कला, संस्कृति, भेषभुषा, रीतिरिवाज तथा रहनसहनलाई तामाङ युवामाझ पुर्‍याउने उद्देश्यले मिस तामाङ प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रकाशित: समय: 14:00:46  321पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार