छतबाट खसेर नेता सरोज उपाध्यायको निधन


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता सरोजकुमार उपाध्यायको उपचारका क्रममा निधन भएको छ ।

आज दिउँसो २ बजेतिर शंखमुलस्थित एक रेष्टुराँको छ तलामाथिबाट खसी उनी घाइते भएका थिए । रेष्टुराँबाट खस्दा सुरुमा विजुलीको तारमा परेको र त्यसपछि उनी भूँइमा खस्नु भएको थियो । उनलाई सुरुमा नयाँबानेश्वरस्थित निजामति कर्मचारी अस्पताल पु¥याइएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि उनलाई माइतिघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा पु¥याइएको थियो ।

नेता उपाध्याय पूर्वप्रधानमन्त्री एवमं नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालका कान्छो भाई हुन् । उनी ६२ वर्षका थिए। उनका दुई छोरी अमेरिकामा छन्

प्रकाशित: समय: 19:16:26  423पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार