पैसा सापटी दिएपछि बोलचाल हरायो………


काठमाडौं । लोकप्रिय गायक बद्री पंगेनीको सन्देशमूलक नयाँ गीत ‘पैसा सापटी’ सार्वजनिक भएको छ ।

करीव १७ मिनेट लामो म्युजिक भिडिओको शुरुमा पैसा सापटी लिनुभन्दा अघि र लिएपछि मान्छेको वास्तविक चरित्र कस्तो हुन्छ भनेर राम्रोसँग चित्रण गरिएको छ

सयौं मर्मस्पर्शी र कालजयी लोकगीत गाएका कलाकार पंगेनीले आफ्नै शब्द रचना र संगीतमा ल्याएको यो फरक प्रस्तुतिमा अहिलेकी अर्की चर्चित गायिका रचना रिमालले साथ दिएकी छन् ।

पैसा सापटी दिएर उल्टै झमेलामा परेका लाखौं मान्छेको समस्यालाई गीति कथाको शैलीमा बद्रीले सरल ढंगले प्रस्तुत गरेका छन् ।

पैसा लिने बेलामा अनेक वहाना,समस्या र पीडा दर्शाउँने व्यक्तिहरुले पैसा हात परेपछि उल्टै कसरी दुःख दिन्छन् भन्ने व्यवहारिक कुरालाई गीतमा उतारिएको छ । पछिल्लो समयमा ब्याजको लोभले तथा आफन्तको समस्या बुझेर विभिन्न वैंक तथा वित्तीय सस्थाबाट ऋण लिएर समेत सापटी दिँदा धेरै मानिसहरू जेलमा जान बाध्य समस्यालाई चित्रण गरेर गीत बजारमा ल्याएको गायक बद्री पंगेनी बताउँछन् ।

प्रकाशित: समय: 18:57:43  139पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार