नारी दिवसका दिन मण्डनदेउपुरमा लोकगीत प्रतियोगिता हुने


काभ्रे । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाले ११३ औं नारी दिवसका दिन लोकगीत प्रतियोगिता गर्ने भएको छ ।

आगामी फागुन २४ गते ‘लैङगिक हिंसा विषयक’ लोकगीत प्रतियोगिताको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
प्रतियोगितामा पुरस्कारको समेत व्यवस्था गरेको छ ।

प्रतिस्पर्धा गर्न इन्छुक वडागत र महिला सहकारी समूहले सम्बन्धित वडाको सिफारिस सहित २०७९ साल फागुन २२ गतेभित्र प्रतिस्पर्धा गर्ने गायन समूह तयार गरी नगरपालिकामा गायन समूहको नामावली पेस गर्न नगरपालिकाले अनुरोध समेत गरेको छ ।

प्रतियोगितामा हरेक वडाबाट महिला र पुरूषसहित ५–७ जनाको १ समूहले अनिवार्य भाग लिनुपर्नेछ । प्रतियोगी सम्बन्धित वडाको हुनुपर्ने र निजले सम्बन्धित वडाबासी भएको जनाउने नागरिकता प्रतिलिपि, परिचय पत्र वा अन्य कागजात पेस गर्नुपर्नेछ ।
नगरपालिकास्थित महिला सहकारी संस्थाले पनि ५–७ जना महिला ९वाद्यवादक सहित० प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछ ।

गाउँपालिकाका अनुसार प्रतियोगिताको प्रथम हुने समूहले २० हजार रुपैयाँ, दोस्रोले १५ हजार, तेस्रोले १० हजार र सान्त्वना हुने समूहले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित: समय: 18:54:00  597पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार