टीका बोम्जन र बबिता पाख्रिनको ‘सुनन च्याङ्बा’


काठमाडौं । नयाँ तामाङ सेलो गीत सुनन च्याङ्बाको भिडियो सार्वजनिक भएको छ ।

गायक तथा संगीतकार टीका बोम्जनको शब्द तथा संगीत रहेको गीतमा गायिका बबिता पाख्रिनको स्वरको रहेको छ ।

पवन वाङको संगीत संयोजन रहेको गीतको बिक्रम मोक्तानको छायाँकन, अजय स्याङ्तानको निर्देशन तथा कोरियोग्राफी रहेको छ । गीतको भिडियोमा अजय स्याङ्तान र रस्मिला तामाङले अभिनय गरेका छन् ।

भिडियो टि.एस.सि. डिजिटल मिडियाको युट्युब मार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित: समय: 22:33:03  334पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार