नुवाकोट साहित्य प्रतिष्ठानको छैठौं वार्षिक साधारणसभा र कृति विमोचन कार्यक्रम हुँदै


नुवाकोट । नुवाकोट साहित्य प्रतिष्ठान नेपालको छैठौं वार्षिक साधारणसभा तथा कृति विमोचन कार्यक्रम हुने भएको छ ।

प्रतिष्ठानको छैठौं वार्षिक साधारणसभा तथा विमोचन कार्यक्रम नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टार बजार नुवाकोटमा शनिबार सम्पन्न हुने भएको हो । प्रतिष्ठानका सल्लाहकार श्रीराम श्रेष्ठको प्रेम जोडीू मण्डो संग्रह र प्रतिष्ठानका अध्यक्ष रामकृष्ण गजुरेलको स्वीकृत सम्बन्ध सिजो संग्रह सोही दिन विमोचन हुने भएको छ । श्रेष्ठ र गजुरेल दुवै जना नवीन आयामका अग्रज साहित्यकार हुन ।

साधारणसभा मार्फत नयाँ कार्यसमिति चयन हुने प्रतिष्ठानका प्रवक्ता साहित्यकार करण तामाङले जानकारी दिएका छन् ।

प्रकाशित: समय: 11:29:59  305पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार