आराम्भ तामाङ र रोहनी लामाको ढुकुर माऊ सार्वजनिक


पोखरा । आराम्भ तामाङ र रोहनी लामाको ढुकुर माऊ तामाङ सेलो गीत जीवन बोम्जन तामाङ च्यानल मार्फत शनिबारदेखि सार्वजनिक भएको छ । ढुकुर माऊ तामाङ सेलो गीत काठमाडौमा अवस्थित गोकर्णमा छायांकन भएको छ । यस गीतलाई जीवन बोम्जन र सुमिना लो तामाङले स्वर भरेका छन् ।

यस गीतमा आराम्भ तामाङ र रोहनी लामा, उत्तम केसि, कृष्ण थोकरको अभिनय, शब्द जीवन बोम्जन तामाङ, सङ्गीत चन्द्र कुमार दोङ, एरेन्ज दिपेश प्रधान, ड्रोन सुरज लामा, छायांकन डिका गुरुङ, भिडियो सम्पादन राज किङ वाइबा, कलरिङ मित्र डि गुरुङ, शृङ्गार बिना घले, कोरेयोग्राफ प्रभात श्रेष्ठ, निर्देशन राज किङ वाइबा, सह निर्देशक लोकेन्द्र तामाङ लगायतका समूह मार्फत तयार पारिएको गीत जीवन बोम्जन तामाङ युट्युब च्यानलमा हेर्न सक्नु हुनेछ ।

 

गीतमा च्याङ्बा र मैच्याङ एक एर्कालाई जिस्काउने, ठट्यौली पारामा सेलो भाकामा सजिएको, डम्फूको तालमा नाच्न सकिने गरि बनाइएको छ । यो गीतको छायांकनमा जीवन बोम्जन तामाङ र स-परिवारका साथै बोम्जनका शुभचिन्तकहरु लगायतका समुहको सहायतामा छायांकन गरि सार्वजनिक भएको छ ।

 

News Writer: MAYA THOKAR

प्रकाशित: समय: 15:15:33  387पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार