डान्सिङ स्टार नुवाकोट र दाेहाेरी च्याम्पियन २०२२ सम्पन्न


काठमाडौ । डान्सिङ स्टार नुवाकोट र दाेहाेरी च्याम्पियन २०२२ नुवाकोटमा शुक्रबार सम्पन्न भएको छ ।

राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति नुवाकोटको आयोजनामा भएको कार्यक्रममा दिनेश तामाङकाे संयाेजकत्व , करण तामाङ घ्लानकाे निर्देशन, र अर्चना स्याङतानकाे सभाअध्यक्षता साथै ककनी गाउपालिकाकाे अध्यक्ष सुमन तामाङकाे प्रमुख आतिथ्यतामा भ्यु हिमालय तीन तारे हाेटल नुवाकोटमा सम्पन्न भएको गरिएको हाे ।

नुवाकोट भित्रका नयाँ प्रतिभाहरुकाे खाेज , उजागर , सम्मान , संरक्षण गर्दै कलाकारहरुकाे उत्पादन गर्ने हेतुका साथ कार्यक्रमकाे आयाेजना सँगै सम्पन्न गरेको छ । कार्यक्रममा बेलकाेटगढी नगरपालिका प्रमुख जगत बहादुर लामा , ककनी गाउपालिका अध्यक्ष , बेलकाेटगढी उप प्रमुख शिव दहाल , ककनी गाउपालिका उपाध्यक्ष मिठुमाया तामाङ , राष्ट्रिय संगितकर्मी संघ केन्द्रीय बरिस्ठ उपाध्यक्ष प्रकाश कटुवाल , महासचिव अमृत खाती , ककनी ५ अध्यक्ष बुद्धराज लामा लगायतले सम्बाेधन गर्नु भएको थियोे ।

नुवाकोटको एक उदाहरणिय कार्यक्रम सम्पन्न हुँदै गरेको र यस्तो खालकाे कार्यक्रम हामीले धेरै पटक आयाेजना गरेर नुवाकोटलाई चिनाउनुपर्छ भन्दै प्रमुखअतिथि सुमन तामाङले खुसी व्यक्त गरेका थिए । प्रतियोगितामा सविन तामाङ र रिता गुरुङले दाेहाेरी च्याम्पियन नुवाकोट २०२२ बन्न सफल भएको छ भने द्वितीय स्थान दिल श्रेष्ठ र सविना तामाङ , तृतीय हुन सफल जगत बाेगटी र अम्बिका ढुङगाना , साथै उत्तम लामिछाने र सरिता तामाङ सान्त्वना हुन सफलता भएको छ ।

यसैगरी विशाल तामाङ डान्सिङ स्टार नुवाकोट २०२२ बन्न सफल भएको छ । अनिशा तामाङ द्वितीय , सुनिल तामाङ तृतीय र सबिन तामाङ सान्त्वना स्थान हासिल गर्न सफल भएको छ । डान्सिङ स्टार नुवाकोट २०२२ काे लागि 19 जना कलाकारहरु सहभागी भएको थियोे भने दाेहाेरी च्याम्पियन २०२२ काे लागि एक दर्जन कलाकारहरुकाे सहभागी रहेको थियोे । प्रथम हुनेलाई नगद २५,०००/- प्रमाणपत्र ,ट्रफि , द्वितीय हुनेलाई १५,०००/- नगद प्रमाणपत्र ट्रफि , तृतीय हुनेलाई १०,०००/- नगद प्रमाणपत्र ट्रफि र सान्त्वना हुनेलाई प्रमाणपत्र र सम्मान पत्र प्रदान गरिएको हाे । दाेहाेरी च्याम्पियन नुवाकोट २०२२ तर्फ निर्णायक ( जुरी ) का रुपमा संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लाेकप्रिय गायक प्रकाश कटुवाल , संघकै महासचिव अमृत खाती र जिल्ला सल्लाहकार शैलाप वाईबा तामाङ रहनु भएको थियोे ।

यसैयरी डान्सिङ स्टार नुवाकोट २०२२ तर्फ निर्णायक ( जुरी ) का रुपमा शुक्र लामा , दीक्षा घिमिरे र विजय तामाङ रहेको थियोे । कार्यक्रम सफल बनाउन स्पाेन्सरका रुपमा SK entertainment pvt Ltd gangabu Kathmandu , clothing in nepal nayabazar Kathmandu , prerana entertainment pvt Ltd Lalitpur , kanchhi-maya Tamang foundation Kathmandu , man khusi foundation , View himalayan hotel kakani लगायत रहेकाे थियोे ।

कार्यक्रम संरक्षककाे रुपमा राष्ट्रिय संगितकर्मी संघ केन्द्रीय कार्यसमिति रहेको थियोे भने प्रवर्द्धकका रुपमा ककनी गाउपालिका , बेलकाेटगढी नगरपालिका , दुप्चेश्वर गाउपालिका साथै सह-आयाेजककाे रुपमा संघका ककनी गाउपालिका कार्यसमिति रहेको थियोे । मिडिया पार्टनरकाे रुपमा नुवाकोटबाट सञ्चालित सम्पुर्ण रेडियो टेलिभिजन छापा पत्रिका अनलाइन रहेको थियोे ।

साथसाथै पाेखराबाट खाेज मिडिया , काठमाडौबाट युनिभर्सल एच डि टेलिभिजन र तामाङ पेज पार्टनरकाे रुपमा रहेको थियोे । मुख्य आयाेजकटिममा दिनेश तामाङ , करण तामाङ , अर्चना स्याङतान , फुलमाया तामाङ , कुमार लामा ,एलिना गुरुङ , बिकी लाे लामा , समीर लामा , राेजी लामा लगायत रहनुभएको थियोे ।

प्रकाशित: समय: 18:29:51  355पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार