
काठमाडौं, माया थोकर तामाङ। गङ्गा जमुना म्हेन्दोमाया कलाकार संघ गठन भएको छ। म्हेन्दोमाया कलाकार संघ नेपालको केन्द्रीय अध्यक्ष वाङ्छु पासाङ तामाङ (राम गोम्जा)को सभापतित्वमा शुक्रबार एक भेलाको आयोजना गरी गठन भएको हो। उक्त भेलाबाट अध्यक्षमा सुरज लामा (गोम्जा) चयन भएका छन् ।
“तामाङ कला, संस्कृतिको संरक्षण तथा प्रर्वद्धनको लागि” भन्ने मूल नाराका साथ गठित म्हेन्दोमाया कलाकार संघका केन्द्रीय अध्यक्ष वाङ्छु पासाङ तामाङ, सचिव आशिक गोङ्बो तामाङको उपस्थितिमा गङ्गा जमुना म्हेन्दोमाया कलाकार संघ गठन भएको हो।
उक्त गठनबाट सुरज लामा(अध्यक्ष ), प्रेरणा तामाङ (उपाध्यक्ष), दिलमान तामाङ (सचिव ), बुद्धि माया तामाङ (कोषादक्ष्य), सदस्यहरुमा सुक लामा तामाङ, मिना जोङ्ग्बा तामाङ, कोपिला तामाङ, दुर ब्रेभ मम्बा तामाङ, रोज तामाङ, गोबिन्दा तामाङ, बिनोद तामाङ, सल्लाहकार – पवन तामाङ, जोङ्बा कान्छा, नवीन कुमार तामाङ, बिजय गुरुङ, कान्छा बहादुर तामाङ चयन भएका छन् ।
केन्द्रीय अध्यक्ष वाङ्छु पासाङ तामाङले सम्पूर्ण कार्यकारी समितिका पदाधिकारीहरुलाई खाता लगाई मनोनीत गरी बधाई ज्ञापन गरेका थिए ।