
काठमाडौं, माया थोकर तामाङ। रुबिभ्याली म्हेन्दोमाया कलाकार संघको आयोजनामा वडा दशैंको पावन अवसरमा शुभकामना आदान प्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम वि.स. २०७९ असोज ०१ गते शनिबारका दिन नागार्जुन पार्टी प्यालेस वसन्तनगरमा सम्पन्न भएको हो।
“म्हेन्दोमाया कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धनको लागि” भन्ने मूल नाराका साथ शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा म्हेन्दोमाया कलाकारहरूको बेजोड प्रस्तुतिले दर्शकलाई नाच्न बाध्य बनाएका थिए।
कार्यक्रममा म्हेन्दोमाया प्रेमीहरु लगायत म्हेन्दोमाया कलाकारहरुको उपस्थितिमा रसुवा, धादिङ, नुवाकोट र सम्पूर्ण म्हेन्दोमाया कलाकारहरूको प्रस्तुतिका साथै विभिन्न पक्षमा योगदान पुर्याउनुहुने संस्था, ब्यक्तिहरुलाई सम्मान कार्यक्रम पनि रहेको थियो।
तामाङ पहिचानको जगेर्ना, म्हेन्दोमायाको संरक्षणको निमित्त गर्ने भनिएको यस कार्यक्रममा रुबिभ्याली गाउँपालिका प्रमुख रामसिङ तामाङको प्रमुख आतिथ्यता र बिशेष अतिथि रुबिभ्याली गाउँपालिका उपप्रमुख फेलामा तामाङ र अन्य अतिथीहरुमा म्हेन्दोमाया कलाकार संघ केन्द्रीय अध्यक्ष वाङ्छु पासाङ तामाङ, निवर्तमान अध्यक्ष आरम्भ तामाङ, म्हेन्दोमाया कलाकार संघ धादिङका अध्यक्ष विकल लामा, म्हेन्दोमाया गायिका तथा समाजसेवी छिमी मम्बा तामाङ लगायत सम्पुर्ण रसुवा, धादिङ र नुवाकोटका पालिका जिल्ला अध्यक्षहरुको उपस्थितिमा सम्पन्न भएको हो।
उक्त कार्यक्रममा रुबिभ्यालीका कलाकार र म्हेन्दोमाया प्रेमीहरुको आकर्षक भन्नु नै सम्पूर्ण रुबिभ्याली बासिन्दाहरुले लगाएको एउटै किसिमको ड्रेस र गरगहनाहरुले एक रुपता झल्काएको थियो।
कार्यक्रम बिनिता तामाङको संचालनमा र संघको अध्यक्ष जयविर तामाङको सभापतित्वमा सम्पन्न भएको थियो।