काठमाडौं। बागमती प्रदेशका स्वास्थमन्त्री निमा लामा ह्योल्मोले समाज रूपान्तरणका लागि कलाकारको भूमिका मुख्य रहेको बताएका छन् ।
शनिबार शेर्पा पार्टी प्यालेसमा आयोजित नेपाल तामाङ कलाकार संघको १५ औं वार्षिक साधारण सभा तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले कलारको हक हित र संस्थागत विकासका लागि आफु सदैव तयार रहेको बताएका हुन् ।
यस्तै, कार्यक्रममा नेपाल तामाङ घेदुङकी उपाध्यक्ष सञ्चु ब्लोनले राजनीतिक आन्दोलनमा कलाकारहरूको भूमिका आवश्यक रहेको बताईन् । उनले तामाङ समाजको साझा मुदा, मौलिक पोषाकमा आएको विविधताको विषयमा ध्यानाकर्षण गराएकी थिईन्।
संघका संस्थापक चन्द्र कुमार दोङले नमो बुधयाको सङ्गीतसँगै कलाकार संघ जन्मिएकै कारण २५० जना तामाङ कलाकार एक ठाउँमा उभिने प्लेट फर्म भएको धारण व्यक्त गरेका थिए । संगीतमा अदभूत शत्ति रहेको बताउँदै उनले अहिले कलाकार संघ योङ उमेरमा प्रवेश गरकोमा खुसी समेत व्यक्त गरेका थिए ।
यस्तै, राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविन तामाङले कलाकार समाज रूपान्तरणको संवाहक भएको बताउँदै कलाकारको संस्थागत विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । २०६३ मा संस्थागत रूपमा दर्ता भएको संघमा विश्व भरिका तामाङहरूले विभिन्न कार्यक्रममा आर्थिक सहयोग गरेको संघका निवर्तमान अध्यक्ष संञ्जिव वाइबाले बताए । आफुहरुले झोलाबाटै बोकेको संस्थामा अहिले १७ लाख बैंक खातामा रहनु आफैमा सुखद पक्ष रहेको उनी बताउँछन् ।
कार्यक्रममा संगीतकार प्रदिप बम्जन, जुगल गाउँपालिकाका अध्यक्ष रेसम स्याङ्बो, टेकराज मोक्तान लगायतले शुभकामना मन्तव्य राखेका थिए । यसैगरी, कार्यक्रममा महासचिव रोशन फ्युबाले संघको प्रतिवेदन र कोषाध्यक्ष खेम मोक्तानले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संघका अध्यक्ष विश्व दोङको सभाध्यक्षतामा भएको कार्यक्रममा सेलो महोत्सवको साथै विभिन्न कार्यक्रममा सहयोग गरेका व्यक्ति, संघ संस्थालाई सम्मान गरिएको थियो ।