कवि करण तामाङ सायरकाे काेरियन शैलीका गीति कविता “सिजाे”


एक )
मुसुक्क मुस्काउनु मधुरता मधुमास
जुनेली रातहरु लजाएको हेरिदिनु
चिम्लेका आँखाहरुले प्रेमलाई छामेर ।

दुई )
यादले रसाएका एकजोडी नयनमा
थपियो आशाहरु आउलान पर्देशीले
बाँचेको सपनाहरु सायासँगै सायर ।

तीन ) 
सितल छहारीमा लुकाएर चन्द्रमाले
कोमल हातहरु मुलायम मधुवन
हिडेको सन्ध्याहरुमा रत्तिभर साथमा ।

चार )
रंगीन सम्झौतामा बेचिएको ज्यानलाई
भरोसा बादलले छेकिदिन्छ दिनरात
बन्दक जिन्दगीलाई धरौटीझैँ मानेर ।

पाँच ) 
उडेको मनहरु सम्हालेर डोर्‍याउन
सहारा खोजिरहेँ हृदयले एकान्तमा
मधुर शंकल्पहरु सुनसान भएछ ।

करण तामाङ “सायर”
काठमाडौ

प्रकाशित: समय: 23:04:36  321पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार