
नुवाकोट । डान्सिङ स्टार नुवाकोट र दोहोरी च्याम्पियन नुवाकोट २०७९, राष्ट्रिय संगितकर्मी संघ जिल्ला कार्यसमिति नुवाकोटले असोजमा गर्ने भएको छ ।
नुवाकोट जिल्ला भित्रका नयाँ प्रतिभाहरुको खोजी र सम्मान गर्ने हेतुले प्रतियोगिता सम्पन्न गर्न लागिएको आयोजकले जनाएको छ। दोहोरी च्याम्पियन प्रथम हुने टिमलाई ५० हजार नगद , ट्रफी , प्रमाणपत्र , द्वितीय हुनेलाई २५ हजार नगद प्रमाणपत्र ट्रफी , तृतीय हुनेलाई १५ हजार नगद , प्रमाणपत्र , ट्रफीले सम्मान गरिने तयारी रहेको छ ।
डान्सिङ स्टार तर्फ पनि प्रथम , द्वितीय र तृतीय हुनेलाई सोही अनुसारको पुरस्कार रहने जानकारी संघले दिएको छ । प्रतियोगिता असोजको दोस्रो हप्ता नुवाकोटको जिल्ला सदरमुकाममा गर्ने भएको हो । प्रतियोगितामा भाग लिनको निमित्त आवेदन फारम संघको जिल्ला कार्यलय विदुर र सम्पर्क कार्यलय काठमाडौंमा उपलब्ध गराइएको छ ।