मन्जुश्री अशाहय संरक्षण केन्द्रद्वारा आयोजीत तीज विशेष कार्यक्रम सम्पन्न


काठमाडौं । महिलाको महान् चाड हरितालिका तीज नजिकिएसँगै गाउँ र शहरमा महिला दिदी बहिनीहरुको चहलहल बढेको छ। पायक पर्ने बजारमा किनमेल गर्न महिला अग्रसर देखिन्छन् । सुखदुख बिसाउन एक ठाउँमा जम्मा हुने महिला दर खानेसँगै टिकटक बनाउन व्यस्त देखिन्छन् ।

यसैबिच, नजिकिदै गरेको हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजलाई मध्यनजर गर्दै मन्जुश्री अशाहय संरक्षण केन्द्र काठमाडौं शाखाद्वारा आयोजित तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । समाजका हरेक क्षेत्रमा सक्रिय रहँदै आएको मन्जुश्री अशाहय संरक्षण केन्द्रले तीजको शुभकामना आदानप्रदान गर्ने र सामूहिक रुपमा तीजको दर खाने कार्यक्रमसहित आयोजना गरिएको उक्त कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न वरिष्ठ समाजसेवी राजु कार्की र उनको स –परिवारले प्रायोजनमा गरेका थिए ।

बुधबार माछापोखरीस्थीत आरति पार्टी प्यालेसमा भएको उक्त्त कार्यक्रमको उद्घाटन गर्दै तारकेश्वोर नगरपालिकाकी उप –प्रमुख सृजना बुर्लाकोटी अर्यालले उपस्थित सबैलाई तीजको शुभकामना दिदैं महिलाको आर्थिक तथा उद्यमशीलता विकासका लागि नगरपालिकाले सकेको सहयोग गर्ने बताईन् । तिज हिन्दु धर्म मान्ने महिलाहरूको एउटा विशिष्ट पर्व भएको बताउँदै उनले सामाजिक विविधतायुक्त समाजमा यस पर्वको छुट्टै महत्व रहेको उल्लेख गरिन् ।तिजको अवसरमा महिलाहरूले पारिवारिक तथा सामाजिक विभेद, अन्याय र अत्यचारविरुद्ध गीतका माध्यमबाट विद्रोह गर्दै आएको बताउँदै उप –प्रमुख अर्यालले तिज आत्मीयता र सद्भावको पर्व भएको बताईन् ।

यस्तै, मन्जुश्री अशाहय संरक्षण केन्द्रको संस्थापक केन्द्रीय अध्यक्ष मन्जु खाडँले तीज मनाउन महिलाले अरुको देखासिकी, तडकभडकभन्दा संस्कृति बचाउन अघि बढ्नुपर्ने बताईन् । समाजमा बलात्कार, हत्या, हिंसाजस्ता जघन्य अपराधका घटनाहरु बढिरहेको बताउँदै उनले यसको न्युनिकरणका लागि स्थानीय सरकारले खासै चासो नदिएको बताईन् । छोरासँगै छोरीलाई शिक्षा दिए मात्र समाज र राष्ट्रको विकासको साथै महिला सशक्तिकरणमा पुर्णरुपमा सहयोग हुने उनको भनाई छ ।

कार्यक्रममा नयाँ सदस्यहरुलाई प्रमाण पत्र वितरण गर्नुका साथै काठमाडौं शाखाको महासचिव कमला अधिकारि, संस्थालाई विशेष सहयोग पु-याउनुहुने संस्थाका सल्लाहकार तथा वरिष्ठ समाजसेवी राजुकार्की, मन्जुश्री अशाहय संरक्षण केन्द्र प्रदेश न.२ की संयोजक सुमित्रा अधिकारी पौडेललाई सम्मान गरिएको थियो ।

यस्तै, कार्यक्रममा केन्द्रीय अध्यक्ष मन्जु खाड्रँ, काठमाडौं शाखा अध्यक्ष मिना बस्नेत, समाजसेवी तथा संस्थाका प्रेस सल्लाहकार राजन थापा लगायतले प्रमुख अतिथि उप –प्रमुख अर्याललाई संयुक्त्त रुपमा मायाको चिनो समेत प्रदान गरिएको थियो।

कार्यक्रममा केन्द्रीय सल्लाहकार रज्जु रन्जितकार, सामाजिक अभियन्ता संगीता भट्टराई, जानुका सिंह राठोर, समुन्नत महिला मन्चकी अध्यक्ष सोमा खत्रि, लालितपुर शाखाकी अध्यक्ष बेवी राज भण्डारी, जानुका सिंह राठोर, बागमति प्रदेश सल्लाहकार सावित्री पौडेल, काठमाडौँ शाखाको पधादिकारीहरु, पत्रकार राजन खरेल,नेपालको बालबालिकाका लागि ज्योती संस्थाकी सचिव एवंम पत्रकार मायालु लामा, सन्तोष तिवारी, विभिन्न संगसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

काठमाडौं शाखाकी अध्यक्ष बस्नेतले उपस्थित सम्पूर्णका साथै हरितालिका तीज विशेष कार्यक्रमका लागी खुसि साटासाट गर्ने मौका दिएकोमा वरिष्ठ समाजसेवी राजुकार्कीको स –परिवारलाई धन्यवाद व्यक्त गरिन् । महिलामाथि हुने विभेदविरुद्ध समानताका लागि आवाज उठाउनु पर्ने बताउँदै उनले अन्धविश्वास, विकृति–विसंगति र व्यापारीकरणविरुद्ध लाग्न महिलाहरुलाई सुझाव दिएकी छिन् ।

तस्बिर : राजन खरेल

प्रकाशित: समय: 19:20:57  934पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार