चर्चित लोक गायिका हमालको स्वरमा ‘शिरैमा शीरफुल’ सार्वजनिक
काठमाडौं । नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गरी तीज गीतहरु सार्वजनिक हुने गरेको छ । सन्देश र मनोरञ्जनको ‘प्याकेज’का रूपमा तीज गीतलाई लिइएको पाईन्छ। नेपाली समाजमा मात्रै नभएर संगीत क्षेत्रमा नै तीज एक परम्परा भइसकेको छ।
यसैक्रममा, जानकी बज्राचार्यको शब्द रहेको ‘शिरैमा सिरफुल’ सार्वजनिक भएको छ । संगीतकार पुरुषोत्तम न्यौपाने रहेको गीतमा चर्चित लोक गायिका राधिका हमालको स्वर रहेको छ । राम केसीको छायांकन रहेको भिडियोलाई अनिल राईले निर्देशन गरेका छन्। भिडियोमा राज थपलिया ,प्रकाश थपलिया , सरिना बि.क र गीतकार बज्राचार्य स्वयम र्कै अभिनय रहेको छ ।
प्राय गीत लेखनमा सक्रिय बज्राचार्य च्छोरोप्ला मिडिया प्रालिका प्रबन्ध निर्देशक समेत हुन् । विशुद्ध मनोरञ्जनका लागि गीत तयार गरिएको निर्माण टिमले जनाएको छ । उक्त गीतलाई ओएसआर डिजिटल युट्युबाट सार्वजनिक गरिएको छ ।