प्रमुख प्रशिक्षक राईसहित कराँतेका आधा दर्जन प्रशिक्षक एवम् राष्ट्रिय रेफ्रिहरु नुवाकोटमा सम्मानित


नुवाकोट । कराँते जिल्ला प्रमुख प्रशिक्षक उत्तम राई सहित आधा दर्जन भन्दा बढी नुवाकोटका कराँते प्रशिक्षक साथै राष्ट्रिय रेफ्रिहरु सम्मानित भएका छन् ।

नेपाल सितोरियो कराँते संघ जिल्ला शाखा नुवाकोट , ब्ल्याक बेल्ट कमिटी नुवाकोट र नुवाकोट भरीका कराँते डोजोहरुको संयुक्त आयोजनामा गुरु पुर्णिमा विशेष शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक समारोहका बिच सम्मान गरिएको हो ।

थप सम्मानित हुनेहरुमा राष्ट्रिय निर्णायक राष्ट्रिय रेफ्रि कराँते प्रशिक्षक कलाकार साहित्यकार श्री करण तामाङ , राष्ट्रिय रेफ्रि राष्ट्रिय निर्णायक श्री अष्टविर लामा , म्यागाङ गा पा कराँते डोजो प्रशिक्षक साथै राष्ट्रिय रेफ्रि श्री अमृत तामाङ , राष्ट्रिय खेलाडी प्रज्ज्वल तामाङ , राष्ट्रिय रेफ्रि शेखर थपलिया , विजय गुरुङ , तारकेश्वर डोजो प्रशिक्षक देव कुमार लामा , विदुर डोजो प्रशिक्षक प्रास्ना पण्डित लगायतलाई सम्मान गरिएको थियोे ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति सभापति रजिन्द्र सिंह ठकुरी रहेका थिए । कराँतेको विकासको निमित्त आफ्नो नगरपालिकाबाट कुनै कन्जुस्याइँ नगर्ने विदुर नगरपालिका उप प्रमुख प्रभा बोगटीलेबताईन , कार्यक्रममा तारकेश्वर गा.पा अध्यक्ष शिव अधिकारी , नम्बर एक सैन्य तालिम केन्द्र नेपाली सेनाका मेजर सुरेस केसी , प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिषाल , प्रहरी उपरीक्षक राम प्रकाश शाह, जगड जंग गणका मेजर लगायत व्यक्तित्वहरुको सहभागी रहेको थियोे ।

प्रकाशित: समय: 0:03:46  357पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार