
नुवाकोट । नुवाकोट साहित्य प्रतिष्ठान नेपालले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउने भएको छ ।
बुधबार नुवाकोटको बट्टारस्थित दियालो होटलमा हुने १५ औं वार्षिकोत्सव कार्यक्रममा स्रष्टा सम्मान, कृति विमोचन तथा वृहत् साहित्यिक गोष्ठी पनि हुने प्रतिष्ठानका प्रवक्ता करण तामाङ घ्लानले जानकारी दिए ।
बुधबार बिहान ११ :०० बजेदेखि सुरू हुने सो कार्यक्रमलाई पुर्व मन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय प्रवक्ता डाक्डर प्रकासशरण महतले सम्बोधन गर्ने प्रतिष्ठानले जनाएको छ। नेपाली भाषा साहित्यलाई निरन्तर मजबुत बनाउँदै नेपाली भाषा साहित्यलाई युवा पुस्ता सम्म पुर्याउने उदेश्यका साथ वि.सं २०६४ सालमा स्थापित उक्त प्रतिष्ठानले बुधबार हुने कार्यक्रममा उपस्थितिका लागि सबैमा अनुरोध गरेको छ ।