काभ्रेका नवनिर्वाचित जनप्रतिनिधिलाई तामाङ पत्रकार संघ काभ्रेको सम्मान


काठमाडौं । गत वैशाख ३० मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका तामाङ जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ ।

तामाङ पत्रकार संघ काभ्रेले स्थानीय तह निर्वाचन–२०७९ मा काभ्रेको १३ वटै स्थानीय तहमा तामाङ समुदायबाट निर्वाचित पालिका प्रमुख तथा उपप्रमुखहरूलाई बुधवार एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो।

कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाइबाले तामाङ भाषामा पाठ्य पुस्तक बनाएर विद्यालयमा लागु गरेको उल्लेख गर्दै त्यसको प्रभाव निक्कै रहेको बताए। जिल्लाका विभिन्न स्थानिय तहका जनप्रतिनिधिहरुको कामहरुलाई पत्रकारले खबरदारी गर्नुपर्नेमा उनको जोड छ।

त्यसैगरी, खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले तामाङ समुदायको विकास र संस्कृति जगेर्नाका लागि आफहरुले काम गर्ने बताउँदै पत्रकारहरूले सधैँभरि सचेत गराउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामा लगायतले इमादारिताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै पत्रकारिताको माध्यमबाट आफूहरूलाई सहयोग गर्न अनुरोध गरेका थिए ।

कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सदस्य ईश्वरी ओझा, प्रेस चौतारी नेपालका महासचिव हिरामान वाइबा, प्रेस सेन्टरका केन्द्रीय सदस्य ग्याम्जो लामा, फोटो पत्रकार महासंघ, काभ्रेका अध्यक्ष केशवराज पौडेल लगायतले निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा कार्यकाल शुभकामना व्यक्त गर्दै तामाङ समुदायको विकासका लागि स्थानीय निकायमा भूमिका खेल्न आग्रह गरेका थिए ।

नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष बद्रिराज तिमल्सिनाको प्रमुख आतिथ्यतामा आयोजित सम्मान कार्यक्रममा आदिवासी जनजाति महासंघ वाग्मती प्रदेशका इन्चार्ज तथा प्रेस सेन्टरका केन्द्रीय सदस्य पेमा लामा, प्रेस सेन्टरका जिल्ला अध्यक्ष रोजन तामाङ, प्रेस युनियनका जिल्ला अध्यक्ष कपिल कोइराला, प्रेस चौतारीका जिल्ला अध्यक्ष भुवन रायमाझी, आदिवासी जनजाति पत्रकार महासंघका जिल्ला अध्यक्ष इन्द्रबहादुर थापा, तामाङ पत्रकार संघका केन्द्रीय सचिव शिशिर दोङ, सदस्य इकमान लामा, प्रदेश सचिव जगत तामाङ र सदस्य मायालु लामा, लगायतको लगायतको उपस्थिति थियो ।

तामाङ पत्रकार संघ काभ्रेकी अध्यक्ष अञ्जली तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन भने सचिव कृष्णबहादुर घिसिङले गरेका थिए । जिल्लामा तामाङ समुदायबाट नगरपालिकाका मेयर दुई, ४ जना पालिका प्रमुख सहित ७ पालिका उपप्रमुख निर्वाचित भएका थिए।

प्रकाशित: समय: 18:34:59  81पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार