यात्रु बस खोलामा खस्दा ९ जनाको मृत्यु, १६ गम्भीर


रुपन्देही । भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रुबाहक बस खस्दा नौ जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् । ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस आइतबार बिहान करिब पौने ५ बजे रोहिणी पुलबाट खोलामा खसेको हो ।

३४जना यात्रु सवार बस खोलामा खस्दा घाइते भएकाहरूको भैरहवास्थित मेडिकल कलेज र भीम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।

प्रकाशित: समय: 9:52:35  78पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार