मन्त्री आलेले ‘सर्वजित’ फिल्मका लागि पाँच महिनाको तलब दिने


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्र ‘सर्वजित’ निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित चलचित्रको शुभमुहूर्त कार्यक्रममा मन्त्री आलेले पाँच महिनाको तलब दिने घोषणा गरेका हुन् । चलचित्रको आजै बालुवाटारबाट प्रधानमन्त्री शेरबहादुर देउवाले शुभमुहूर्त गरेका हुन् ।

चलचित्रलाई दिनेश डिसीले निर्देशन गर्नेछन् । ‘सर्वजित’ नामक चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनमा आधारित हुने बताइएको छ । आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका अवसरमा उक्त चलचित्रको शुभमुहूर्त गरिएको हो । उक्त चलचित्र निर्माणका लागि एक करोड २५ लाखको लागत अनुमान गरिएको छ ।

प्रकाशित: समय: 17:49:54  90पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार