धुलिखेलको प्रमुखमा एमालेका ब्याञ्जु विजयी,उपप्रमुखमा कांग्रेसका जङ्गम


काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाको प्रमुखमा नेकपा एमालेका अशोककुमार व्याञ्जु श्रेष्ठ र उपप्रमुखमा नेपाली कांग्रेसका निराजन जङ्गम विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनाको परिणामअनुसार व्याञ्जुले आठ हजार ३५१ मत र उपप्रमुख पदका उम्मेदवार जङ्गमले सात हजार ९३८ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

प्रमुख पदको निकटतम प्रतिस्पर्धी स्वतन्त्रबाट उम्मेदवार बन्नुभएका विदुरबहादुर बस्नेतले सात हजार ४११ मत प्राप्त गर्नुभएको छ भने उपप्रमुखमा निकटतम प्रतिस्पर्धी एमालेका लालतारा अधिकारीले सात हजार ७९१ मत प्राप्त गर्नुभएको छ । धुलिखेल नगरपालिकाको प्रमुखमा विजयी व्याञ्जु दोस्रो पटक नगर प्रमुखमा विजयी भएको हो । गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजदावीका प्रमुखका उम्मेदवार दयासागर श्रेष्ठले भने एक हजार ८१९ मत प्राप्त गर्नुभएको छ । कांग्रेसभित्र उम्मेदवार छनोटमा कुरा नमिलेपछि कांग्रेसको धुलिखेल नगर समिति सभापतिसमेत रहनुभएका विदुरबहादुर बस्नेतले स्वतन्त्रबाट जेब्रा चुनाव चिन्हमा नगर प्रमुखको उम्मेदवारी बन्नुभएको हो

नगरपालिकाको वडामध्ये–१ मा कांग्रेसका सन्तबहादुर लामाले ५७३ मत प्राप्त गरी विजयी हुनुभएको छ भने वडा नं २ मा एमालेका अर्जुन न्यौपानेले एक हजार चार मत प्राप्त गरी विजयी हुनुभएको छ । त्यस्तै वडा नं ३ मा एमालेका गणेश आचार्यले ६४३ मत, वडा नं ४ मा कांग्रेसका उत्तमप्रसाद तिमल्सिनाले ६७५ मत, वडा नं ५ मा एमालेका प्रमोदसुन्दर श्रेष्ठले ७७३ मत र वडा नं ६ मा कांग्रेसका सञ्जय कोजुले एक हजार ४४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

त्यसैगरी वडा नं ७ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका रोमीप्रसाद श्रेष्ठले ८५७ मत, वडा नं ८ मा कांग्रेसका विनोद गौतमले ७५७ मत, वडा नं ९ मा कांग्रेसका बद्रीप्रसाद हुमागाईंले एक हजार १९६ मत, वडा नं १० मा कांग्रेसका गोविन्दप्रसाद उपाध्यायले ५४३ मत, वडा नं ११ मा एमालेका नारायणप्रसाद बडालले एक हजार १२७ मत र वडा नं १२ मा एमालेका मोहनप्रसाद लामिछानेले ८३३ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

तेह्र वटा स्थानीय तह रहेको जिल्लामा ११ वटा पालिकाको मत गणना सम्पन्न भएको छ भने बाँकी दूई वटामा पाँचखाल नगरपालिका र डाँडापारिस्थित महाभारत गाउँपालिकाको मतगणना जारी छ । पाँचखाल नगरपालिकाको वडा नं १३ कोशिदेखास्थित श्रीराम मावि मतदान केन्द्रमा वैशाख ३० गते भएको मतदानको बेला मतपत्र वितरणको क्रममा विवाद उत्पन्न भएपछि स्थगित भएको मतदान पुनः जेठ ३ गते सम्पन्न गरेको थियो । जसको कारण मतगणना ढिला हुनगएको हो । महाभारत गाउँपालिकाको भने मतगणना जारीरहेको निर्वाचन अधिकृत खुबिराम अधिकारीले बताउनुभयो ।

प्रकाशित: समय: 22:36:59  225पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार