बेलकाेटगढी नगरपालिका उप-मेयरमा तामाङकाे चर्चा


नुवाकोट, करण तामाङ।  बेलकाेटगढी नगरपालिका उपमेयरमा नेपाली काँग्रेस एवम् गठबन्धनकाे तर्फबाट युवा नेत्री समाजसेवी सुनिमा थिङ तामाङकाे चर्चा चुलिएको छ । नगरभित्र समग्र बिकासकाे निमित्त अगुवा व्यक्तिहरुकाे सल्लाह सँगसँगै युवा नेतृत्वकाे अावश्यकता महसुस नगरबासीले गरे अनुसार समाजसेवी तामाङकाे उपमेयरमा दावी गरे सँगै चर्चामा अाएकाे हाे । सिङ्गाे नगरपालिका बिकासका परिवर्तन गर्ने एजेन्डाका साथ गठबन्धन भित्रबाट तामाङ अघि बढेकी हुन्।

नेपाली काँग्रेस, नेकपा माअाेवादी केन्द्र, नेकपा एस लगायतका पार्टीहरुकाे गठबन्धनमा बेलकाेटगढी नगरपालिका मेयरमा माअाेवादी केन्द्र र उपमेयरमा नेपाली काँग्रेस रहने गरि तयारी गरे सँगै नेपाली काँग्रेसबाट तामाङलाई उपमेयरमा अघि बढाउने छाँटकाँट देखिन्छ ।  १७ हजार भन्दा बढी मतदाता रहेकाे नगरपालिकामा गठबन्धनकै पक्षमा बलियो देखिन्छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने अहिले माैन रहेको छ ।

प्रकाशित: समय: 12:51:56  1146पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार