जुन पार्टीमा व्यक्तिवादी हावी हुन्छ त्यो पार्टी लोकतान्त्रिक पार्टी हुन सक्दैन : टोकबहादुर वाईबा


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले तेमाल गाउँपालिका स्तरीय कमिटी घाेषणा गरेकाे छ । शनिवार पोखरीनारायण स्थानमा भएको पालिका स्तरीय भेलाबाट कमिटी घाेषाणा गरेकाे हाे ।

पाेखरी नारायणस्थानमा एकीकृत समाजवादीकाे पालिका स्तरीय कार्यालयकाे समेत उदघाटन गरिएको छ । नेकपा एसका केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला अध्यक्ष टोकबहादुर वाईबाले पार्टी कार्यालय उदघाटन गर्नुभएको हो ।

जिल्ला कमिटी सचिवालय सदस्य एवं तेमाल गाउँपालिका कमिटी अध्यक्ष प्रदिप कुमार तामाङको अध्यक्षतामा भएकाे भेलालाई केन्द्रीय सदस्य एवं जिल्ला पार्टी अध्यक्ष टोकबहादुर वाईबाले सम्बाेधन गर्नुहुँदै नेकपा एमालेमा व्यक्तिवादी हाबी हुँदै गएको र त्यसले लोकतन्त्र नै खतरा पर्ने सम्भावना देखिएकोले बिद्रोह गरेर छुट्टै नेकपा एकीकृत समाजबादी पार्टी बनाउनु परेको वताए । उनले जुन पार्टीमा ब्यक्तिवादी हावी हुन्छ त्यो पार्टी लोकतान्त्रिक पार्टी हुन नसक्ने बताउँदै त्यस्तो कार्यको बिद्रोह गरेर बनेको एकीकृत समाजवादी पार्टीको भबिष्य उज्वल रहेको वताए ।

केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला सह इन्चार्ज मुकुन्द गौतम परिवर्तित अवस्थामा पार्टी र जनतालाई केन्द्रमा राखेर पार्टीका गतिविधी संचालन गरिने वताए । केन्द्रीय सदस्य गाैतमले प्रभावकारी रूपमा राजनीतिक गतिविधि संचालन गर्नुका साथै सामाजिक कार्यक्रम सञ्चालन गर्ने, जनताका समस्यालाई केन्द्रमा राखेर अगाडि बढ्ने धारणा राखे ।

जिल्ला कमिटी सचिब दिपक गौतम आगामी स्थानीय तहको चुनावमा पार्टीको सम्पूर्ण शक्तिलाई परिचालित गरेर पहिलो पार्टी वनाउन लागिपर्ने बताए । उनले ‘कलम हातमा, जनताको साथमा’ भन्ने नाराका साथ वस्ती-वस्ती र टोल-टोलमा पुगेर एकिकृत समाजवादी पार्टी जिताउने कार्यक्रम संचालन गर्नुपर्ने समेत वताए ।
अनेरास्ववियुका केन्द्रीय अध्यक्ष सुदेश पराजुली, युवा संघ नेपालका केन्द्रीय सचिब भेषराज शाह, तेमाल गाउँपालिका इन्चार्ज कुवाङ्छु लामा, अनेमसंघका जिल्ला अध्यक्ष पासाङ डोल्मा लामा, समाजवादीका बागमती प्रदेश सदस्य पाल्देन वाङच्यु लामा, हिरामान बल, जिल्ला कमिटी सदस्य पाल्साङ लामा, दमै सिंह तामाङ, दोर्जे तामाङ, धिरेन तामाङ लगायतका नेताहरु कार्यक्रममा सहभागी भएका थिए । भेलाले युवा संघ नेपाल र अखिल नेपाल महिला संघको पालिका स्तरीय कमिटी पनि समेत गठन गरिएको छ । विभिन्न पार्टी परित्याग गरि दर्जनौंकाे संख्यामा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।
कार्यक्रमसंगै तत्कालै तेमालका बागमती प्रदेश सदस्यहरु जिल्ला कमिटी सदस्यहरु बैठक बसि आगामी चुनावमा जानका लागि ३२७ निर्वाचन पारिचालन समिती बनाएका छन् ।

प्रकाशित: समय: 17:15:20  286पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार